सट्टामा परीक्षा दिने सात लडाकु निष्कासित

Read Time:1 Minute, 19 Second

चितवन (रत्ननगर), १४ चैत

चितवनको शक्तिखोरमा परीक्षा दिइरहेको अवस्थामा नक्कली सात लडाकु परीक्षार्थी निष्कासित भएका छन् ।

तेस्रो डिभिजनका सात लडाकु परीक्षार्थी आज निष्कासित गरिएको जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ ।

पृथ्वी उच्च मावि जुटपानी केन्द्रमा हिजो गणित विषयको परीक्षा दिइरहेका बेला प्रवेशपत्रमा नक्कली फोटो टाँसेर अर्कै व्यक्तिले परीक्षा दिइरहेकाले उनीहरुलाई निष्कासित गरिएको केन्द्राध्यक्ष गङ्गा गुरुङले  जानकारी दिए  ।

निष्कासित भएकाहरुको सिमबोल नम्बर १३४०२०२, १३४०२०४, १३४०२०७, १३४०२१०, १३४०२११, १३४०२२३ र १३४०२२४ रहेका छन् । उनीहरुको नाम भने सार्वजनकि गरिएको छैन । यहाँको परीक्षा केन्द्रमा ४६ जना लडाकु परीक्षामा सामेल भएका छन् ।
यस विषयमा  केन्द्रीय परीक्षा केन्द्रमा समेत जानकारी गराइसकेको निमित्त जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद पौडेलले वताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %