वहुमतको आडमा जारी हुने संविधानले मुडभेड निम्त्याउँछ : गच्छदार

Read Time:1 Minute, 17 Second

विराटनगर, १४ चैत

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले दुई अथवा तीन तिहाई बहुमतको आडमा संविधान निर्माण भएमा यसबाट देशमा मुठभेठ निम्त्याउने बताएकाछन्  ।

उनले संविधान निर्माण अगाडि लडाकूलाई निशस्त्र, माओवादी नागरिक पार्टीमा रूपान्तरण भई सहमति र सहकार्यमा संविधान ल्याउनु पर्ने बताए  ।

अध्यक्ष गच्छदारले टेलिभिजन पत्रकार समूह विराटनगरद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा जेठ १४ गतेसम्ममा शान्तिप्रक्रिया र लोकतान्त्रिक संविधान निर्माणका लागि संयुक्त मधेसी मोर्चाले सदन र सडकमा व्यापक दबाब दिने जानकारी दिए  ।

उनले आफ्नो भारतको भ्रमणको चर्चा गर्दै राजनीतिक छलफल एवम् नेपालको लोकतन्त्र, शान्ति र संविधान र प्रजातन्त्रको स्थायित्वमा भारतको सहयोग रहेको बताए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %