मजदुर हड्तालले वीरगन्जका दुई हजार उद्योग बन्द

Read Time:1 Minute, 39 Second

वीरगन्ज, १४ चैत
एकीकृत नेकपा (माओवादी) समान्तर मजदुर सङ्गठन र मधेसवादी मजदुर सङ्गठनहरुका कारण हिजोबाट बन्द भएका वीरगन्ज पथलैया औद्योगिक करिडोरका उद्योगहरुको उत्पादन आज दोस्रो दिन पनि ठप्प रहेका छन् ।

नेपाल उद्योग वाणिज्य सङ्घ र विभिन्न मजदुर सङ्गठनबीच यही चैत १० गते काठमाडौँमा भएको सहमति खारेजको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएपछि हिजोबाट यस क्षेत्रका करिब दुई हजार उद्योग बन्द भएका हुन् ।

असन्तुष्ट मजदुर सङ्गठनहरुले आज बिहान पनि करिडोर क्षेत्रमा प्रर्दशन गरेका कारण उद्योगहरु सञ्चालनमा आउन नसक्दा कडोरौंको घाटा भएको छ ।

यसैबीच वीरगन्ज उद्योग वाणिज्य सङ्घले दुई दिनभित्र मजदुर समस्या समाधान नभएमा सबै उद्योगमा सधँैका लागि ताला लगाउने चेतावनी दिएको छ ।

सङ्घका अध्यक्ष अशोक टेमानीले मजदुर नेताहरुसँग सहमति गर्दा पनि उद्योगहरु बन्द हुन्छन् भने ताला लगाउनुको विकल्प नभएको उनले वताए ।

मजदुर हड्तालका कारण करिडोरमा रहेका सबै उद्योग ठप्प भएको र जसका कारण आफूहरुले दैनिक १० करोडको घाटा व्यहोर्न परेको राज्यलाई पनि त्यतिकै घाटा लागेको उनले वताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %