काठमाडौं १३ चैत
उपप्रधानमन्त्री भरतमोहन अधिकारीले वर्तमान सरकारको मुख्य कार्यभार शान्तिप्रक्रिया र संविधान लेखनलाई पूर्णता दिनु भएकाले यो सरकारलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुपमा लैजान अन्य दलहरूसँग पनि कुराकानी भैरहेको र त्यो सकारात्मक रहेको बताएकाछन ।
उपप्रधानमन्त्री अधिकारीले आज राजधानीमा कुरा गर्दै सरकारको बहुमत अल्पमत भन्दा पनि शान्ति र संविधानको काम पूरा गर्न यो सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिन काँग्रेस र मधेसवादीलगायतका दलहरूसँग कुरा भइरहेको बताए ।
“सरकार चल्न बहुमत छँदैछ, तर प्रधानमन्त्रीले यो सरकारको काम शान्ति र संविधान भएकाले अन्य दलहरूको सरकारमा सहभागितालाई प्राथमिकतामा राख्नु भएकोछ,” उपप्रधानमन्त्री अधिकारीले भने ।
उनले नेपाली काँग्रेसलगायतका दलहरूसँग कुराकानी भइरहेको पनि जानकारी दिए ।