शान्ति प्रकृयालाई टुंग्याएपछि मात्र संविधान जारी गर्नुपर्छ : प्रकाशमान सिंह

Read Time:1 Minute, 48 Second

पोखरा, १३ चैत

नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले नेकपा (एमाले) र एनेकपा (माओवादी)बीच भएको गोप्य सातबुँदे समझदारी खारेज नभएसम्म काँग्रेस सरकारमा सामेल नहुने बताएकाछन ।

नेपाल प्रेस युनियन कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री सिंहले अशुद्ध भावनाले भएको समझदारी खारेज भएपछि मात्र सरकारमा जाने विषयमा काँग्रेसले सोच्न सक्छ भने ।

गोप्य समझदारीकै कारण एमालेभित्रै विवाद उत्पन्न भएको र मन्त्रिमण्डलले पनि पूर्णता पाउन नसकेको भन्दै उहाँले मन्त्रिमण्डलले पूर्णाकारा नपाएकै कारण संविधान लेखनका महत्वपूर्ण कामहरू अघि बढ्न नसकेको धारणा राखे  ।

शान्तिप्रक्रियाका काममा ढिलासुस्ती भएकाले संविधान लेखनमा प्रत्यक्ष प्रभाव परेको विचार व्यक्त गर्दै १२ बुँदे विस्तृत शान्तिसम्झौता र अन्तरिम संविधानको भावना र मर्मअनुसार शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याएपछि नै नयाँ संविधान जारी गर्नुपर्ने धारणा राखे ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहसचिव ऋषिकान्त पौडेल, सचिव माधव रेग्मीलगायतले बोलेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %