५० दिनभित्रै सेना समायोजन हुन्छ : प्रधानमन्त्री खनाल

Read Time:2 Minute, 53 Second

भक्तपुर, ११ चैत

प्रधानमन्त्री झलनाथ खनालले जेठ १४ अगाडि नै शान्तिप्रक्रिया टुङ्गोमा पु¥याई नयाँ संविधान निर्माण गर्ने बताएकाछन ।

एमाले सम्पर्क विशेष समन्वय कमिटीले आज भक्तपुरको खरिपाटीमा आयोजना गरेको अञ्चल सम्पर्क कमिटी र जिल्ला सम्पर्क मञ्चको दुईदिने आवासीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले ५० दिनभित्र सेना समायोजन गरी शान्तिप्रक्रिया टुङ्गोमा पु¥याउने उल्लेख गरे ।

यसका लागि अनुकूल वातावरण बनाउन एमाले लागिरहेको भन्दै उनले नेपाली काँग्रेसलगायत अन्य दललाई सरकारमा सहभागी गराएर लैजाने बताए  ।

प्रधानमन्त्री खनालले एमाले र माओवादीबीच भएको सातबुँदे सम्झौता अरु कुनै पार्टी र शक्तिविरुद्धको एकता नभई शान्ति र संविधानलाई टुङ्गोमा पु¥याउनका लागि भएको हो भने  ।

उनले सातबुँदे सहमतिलाई शङ्कामा नहेर्न आग्रह गर्दै शान्ति स्थापना एवम् संविधानलाई टुं्गोमा पु¥याउन सबै मिलेर जानुको विकल्प नभएको बताए ।

सरकारले अब सेना समायोजनसँगै पुनःस्थापनाका कामहरु अगाडि बढाउने बताउँदै प्रधानमन्त्री खनालले संविधान निर्माणसम्बन्धी ११ वटा समितिमध्ये अधिकांश समितिबाट प्रतिवेदन आइसकेको उल्लेख गरे  ।

अब जटिलरुपमा रहेको राज्य पुनःसंरचना समितिको प्रतिवेदन आउन बाँकी रहे पनि यसमा रहेको गम्भीर मतभेद हटाई सहमतिका लागि पहल भइरहेको उनले बताए  ।

समितिमा तीनवटा विषयमा निर्णय गर्न बाँकी रहेको उल्लेख गर्दै प्रधानमन्त्री खनालले मुलुकको शासकीय स्वरुप, केन्द्रीय एवम् स्थानीय निर्वाचन र राज्य पुनःसंरचनाको विषयमा छिट्टै सहमति हुने बताए ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, पृथ्वी सुब्बा गुरुङ, महेन्द्र पाण्डे, केन्द्रीय स्कुल विभाग प्रमुख बेदुराम भुसाललगायतले प्रशिक्षण दिएका थिए ।

अञ्चल र जिल्लाका गरी २७० जनाको सहभागिता रहेको प्रशिक्षण कार्यक्रममा छवटा कार्यपत्रमाथि छलफल हुने जनाइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %