हिउँ र हुरीका कारण दुईको ब्यक्तिको ज्यान गयो

Read Time:1 Minute, 13 Second

धुन्चे , ११ चैत
हिँउ हुरीका कारण लाङटाङको सिन्दुप गाउँमा घर क्षति बनाउँदा स्थानीय दुई व्यक्तिको मृत्यु भएको छ ।

लाङटाङका समाजसेवी ठिले लामाका अनुसार मृत्यु हुनेमा लाङटाङ गाविस–२ का ३६ वर्षीय सिन्दुप गाउँ निवासी कामी लोप्चान तामाङ र उनका पाँच वर्षीय नाम नखुलेका छोरा रहेका छन् ।

बिहीबार राति ९ बजे लिरुङ हिमालको चुचुरोबाट प्रवाह भएको हिउँ हुरीले दुई जनाको मृत्यु र सिन्दुप गाउँको २५ घर प्रभावित भएकोमा नौ घर पूर्णरुपमा क्षति भएको समाजसेवी लामाले बताए ।

सदरमुकामबाट दुईदिन पैदलयात्रापश्चात् पुग्न सकिने  पर्यटकीय मार्गको सो गाउँमा भएको क्षतिका सम्बन्धमा यकिन तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %