मोरङ , ११ चैत
आदिवासी, जनजाति, मधेसी, दलित, गणतान्त्रिक मोर्चाका कार्यवाहक अध्यक्ष किशोर विश्वासले तोकिएकै समयमै संविधान निर्माण गराउनका लागि वैशाखदेखि दबाब आन्दोलन सुरु गर्ने बताएका छन् ।
आज विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी मोर्चाका अध्यक्ष विश्वासले दलहरुले संविधान जारी गर्न चासो नदेखाएकाले आफूहरुले कडारुपमा व्यापक दबाब आन्दोलन थाल्ने बताए ।
उनले चैत १६ गते काठमाडौँमा विभिन्न साना जातीय मोर्चा र दलहरुसँग एकताको घोषणा हुने खुलासा पनि गरे ।