पोखरा, ११ चैत्र
विनोद डंगोलको उत्कृष्ट बचाउको सहयोगमा सहारा क्लब पोखराले शसस्त्र प्रहरीको एपिएफ क्लबलाई ट्राइवेकरमा ३—१ ले समाप्त पार्दै १३ औ बुढासुब्वा टुबोर्ग गोल्डकप फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । सहाराले अब मनाङ मस्याङ्गी सगँ १५ गते सामना गर्ने छ ।
धरान रंगशालामा सम्पन्न खेलमा निधारीत ९० मिनेट र थप १५ मिनेटमा दुबै तर्फबाट गोल रहित बराबरी भए पछि खेल ट्राइवेकरमा पुगेको थियो । सहाराका लागि बुद्ध लामा, राजेश शाही र खुम गुरुङ्गले गोल गरेका थिए । एपिएफका लागि एकमात्र गोल अमिर श्रेष्ठले गरेका थिए ।
एपिएफका सागर लुइटेल, नुरराज काफ्ले र जिवन सिङ्गकेमानको प्रहारलाई सहाराका गोल किपर विनोद डंगोलले उत्कृष्ट बचाउ गरेका थिए । एपिएफका गोल किपर समित राज भण्डारी घाइते भएपछि उनको ठाउँमा अर्का किपर आएका थिए । सहारालाई जित दिलाउन भरपर्दा र पुराना खेलाडी जय थापाको डिफेन्स चिर्न एपिएफलाई कठिनाई भएको थियो । खेलको म्यान अफदी म्याच बिनोद डंगोल बन्न पुगे ।
सागर राज तिमिल्सिना
धरानमा सहाराको विजयी शुरुवात
Read Time:1 Minute, 39 Second