देवदह चैत्र ११
भगवान गौत्तम बुद्धको मावलीस्थल रुपन्देहीको देबदह ५ , कन्यामाईमा उत्खननको क्रममा गौत्तम बुद्धको मुर्ति फेला परेको छ । यस स्थानमा गत फागुन २५ गते देखि गरिएको उत्खननको क्रममा दुई दिन अघि गौत्तम बुद्धको मुत्र्ती फेला परेको उक्त स्थलमा आज आयोजित पत्रकार सम्मेनलमा जानकारी गराईएको हो । रुपन्देही र नवलपरासीको पत्रकारहरुका विच सयुक्त रुपमा उक्त स्थानमा गरिएको पत्रकार सम्मेलनमा उत्खननको क्रममा मुर्ति फेला परेको पुरातत्व बिभागका अधिकृत प्रकाश दर्नालले बताए ।
पत्रकार सम्मेलनमा फेला पारीएको मुर्ति भगवान गौतम बुद्धको भएको र मुर्तिमा पुरा शरिर भएपनि मुख र टाउकाको भाग भने नभएको जानकारी गराईएको थियो । उक्त क्षेत्रमा फेला पारिएका प्राचिन वस्तुहरुको पुरातात्वीक अध्ययनले त्यस क्षेत्रको प्राचिनतालाई पुष्टि गरेको र थप अनुसन्धानबाट त्यसको प्रमाणीकरण गरिने पुरातत्व बिभागका अधिकृत प्रकाश दर्नालले बताए । भगवान गौत्तम बुद्धको मावली स्थल देबदह ५, कन्यामाई क्षेत्रमा हालै पुरातत्व बिभाग द्धारा गरिएको उत्खननको क्रममा हालसम्म प्राचिन भाडाकुडा र विभिन्न बस्तुहरु फेला परेका छन ।
स्थानियवासी देवदहसंग सम्वन्धित संघ÷संस्था, आमासमुह, युवा क्लव लगायत राजनैतिक दलहरुको सक्रियतामा उत्खनन कार्यको निम्ती सहयोग भैरहेको उत्खननमा सहभागि लुम्विनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतिले बताए । देवदह डेभपलप्मेन्ट सोसाईटी, वैरीमाई जनकल्याण क्लव, शान्तीनगर आमा समुह, रेडियो देवदह, भाग्योदय आमा समुह, पाकडी आमा समुह र देवदह गाविसको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलन भिम गुरुङको अध्यक्षता, रामप्रसाद देवकोटाको स्वागत र अर्जुनप्रसाद न्यौपानेको सञ्चालनमा भएको थियो । कार्यक्रममा देवदह क्षेत्र विकाश केन्द्रका अध्यक्ष नमराज पुरी, समाजसेवी मित्रलाल खरेल, वासुदेव रिमाल, प्रमोद खनाल, कृष्ण पाण्डे लगायत स्थानिय समाजसेवी तथा नागरिकहरुको सहभागिता रहेको थियो । सो क्षेत्रको उत्खखन कार्य जारी रहेको छ ।
गोविन्द घर्ति