कपिलवस्तुको कृष्णनगरमा दुईवटा बम फेला प¥यो

Read Time:1 Minute, 7 Second

कपिलवस्तु  १० चैत

कपिलवस्तुको भारतीय सीमा  नजिक रहेको कृष्णनगर–४ का पुरुषोत्तम नगलियाको घर नजिक कल्वर्डको पेटीमा एउटा र कृष्णनगर–२ स्थित सिद्धार्थ बैंक पछाडि कवार्ड खाना नजिकै कार्टुनमा प्लास्टिकले बेरेको अवस्थामा अर्को सकेट बम आज बिहान फेला परेको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरले दुवै बम बिहान ८ र ९ बजेको समयमा फेला पारेको हो ।
बम रहेको क्षेत्रलाई सुरक्षा घेराहाली मानिसलाई आवतजावतमा रोक लगाई बम निष्क्रीयको लागि नेपाली सेनालाई खबर गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

बम फेला परेपछि आसपासका बासिन्दा त्रसित बनेका छन् ।  बमका नजिकै घडीसमेत रहेकाले टाइम सेट गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %