सात बुदे खारेज पछि बल्ल सहमति : सभापति कोइराला

Read Time:1 Minute, 54 Second

विराटनगर, १० चैत

नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) बीच भएको सातबुँदे सहमति तत्कालै खारेज हुनुपर्नेमा जोड दिएकाछन ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा काँग्रेस सभापति कोइरालाले सो सहमति खारेज भएपछि मात्र ती दुई पार्टीसँग सरकारलगायत विषयमा शून्यबाट वार्ता र सहमतिको कुरा गर्न सकिने बताए  ।

तानाशाही संविधान आएमा त्यसको पहिलो एवम् ठूलो प्रभाव र पीडा पत्रकारिता क्षेत्रलाई पर्ने बताउँदै उहाँले प्रजातन्त्रप्रति आस्था राख्ने सबैले त्यसको संरक्षणका लागि  एक ढिक्का भएर जानुपर्ने औँल्याए ।

उनले काँग्रेसको प्राथमिकता सरकार नभई शान्ति प्रक्रिया अर्थात् कब्जा घरजग्गालगायत सम्पत्ति फिर्ता, लडाकु समायोजन, पुनस्थापना गरी समयमा संविधान लेखिनुपर्ने रहेको बताए  ।

एक अर्को जिज्ञासामा उनले अप्रजातन्त्रिक मूल्य र मान्यतासँग काँग्रेसले कुनै पनि हालतमा सम्झौता गर्दैन भने  ।
यस्तै, अर्को जिज्ञासामा उनले काँग्रेस पार्टीभित्र कुनै किसिमको गुटबन्दी नभएको दाबी गर्दै पार्टीले विधिसम्मत ढङ्गले पार्टीको उपसभापति र महामन्त्री पदको प्रस्ताव गरेको र सोही अनुरूप अगाडि बढ्ने दृढता व्यक्त गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %