काठमाडौँ, १० चैत
प्रधानमन्त्री झलनाथ खनालसँग आज उहाँको कार्यालय सिंहदरबारमा नेपाल भ्रमणमा रहनुभएका चिनियाँ जनमुक्ति सेनाका प्रमुख जनरल चेन विङ्देले भेटवार्ता गरेकाछन् ।
भेटपछि सेनापति चेनले नेपाल र चीनबीच द्विपक्षीय सहयोग र आपसी हितका बारेमा छलफल भएको बताए ।
उनले दुई देशबीचको सम्बन्ध ऐतिहासिक र घनिष्ठ रहेको चर्चा गर्दै हाम्रो सम्बन्ध सेनाको हितमा मात्र सीमित नभई जनताको सेवा र सुविधाका लागि सहयोग आदानप्रदानबाट हुनेछ भने ।
सङ्घीय गणतान्त्रिक लोकतन्त्रको संस्थागत विकासबाट नै नेपालको आर्थिक र सामाजिक समृद्धि हुने धारणा राख्दै सेनापति चेनले नेपालको शान्तिप्रक्रियामा चीनको सहयोग रहने बताए ।
रक्षामन्त्री विष्णु पौडेलसँग पनि सेनापति चेनले आजै भेटवार्ता गरेकाछन ।