शक्तिखोरका ४७ लडाकू एसएलसीमा दिदै

Read Time:1 Minute, 42 Second

चितवन (रत्ननगर), ९ चैत

भोलिदेखि सुरु हुने यसवर्षको एसएलसी परीक्षामा चितवनको शक्तिखोरस्थित माओवादी लडाकू तेस्रो डिभिजनबाट ४७ जना परीक्षामा सहभागी हुने भएका छन् ।

चितवनको जुटपानीस्थित पृथ्वी उच्चमावि परीक्षा केन्द्रबाट उनीहरु परीक्षामा सामेल हुन लागेका हुन् । यसवर्ष सम्पूर्ण परीक्षार्थी एक्जाम्टेडतर्फका रहेका छन् ।

यसवर्ष नियमिततर्फबाट परीक्षामा सहभागी हुने परीक्षार्थी नरहेको डिभिजनका प्रवक्ता जनक विष्टले बताए  । परीक्षा सहज पार्न यहाँ कृष्ण ढकालको संयोजकत्वमा एक सर्वदलीय संयन्त्र गठन भएको छ ।

उनीहरु सबै जनसैन्य खुला शिक्षालयबाट परीक्षामा सामेल भएका हुन् । जिल्ला शिक्षा कार्यालय चितवनका अनुसार ४२ जना परीक्षामा सहभागी हुने जनाएपछि काठमाडौँको भक्तपुरका पाँचजना थपिएकाले यहाँबाट ४७ जना परीक्षामा सहभागी हुन लागेका छन् । जसमा छजना महिला सहभागी छन् ।

यसवर्ष चितवनबाट परीक्षामा ३८ वटा केन्द्रबाट १० हजार ८१९ जना सामेल हुने जिल्ला शिक्षा अधिकारी गोपालकृष्ण पौडेलले  जानकारी दिए  ।

उनका अनुसार नियमिततर्फ १० हजार १७० जना र एक्जाम्टेडतर्फ ६४९ जना परीक्षामा सहभागी हुँदैछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %