लागुऔषध हेरोइनसहित दुई भारतीय पक्राउ

नेपालगन्ज, ९ चैत

बाँके प्रहरीले प्रतिबन्धित लागुऔषध सेतो हेरोइनको कारोबार गर्ने दुईजना भारतीयलाई मङ्गलबार साँझ यहाँ पक्राउ गरेको छ ।

बाँके जिल्लाको नेपाल—भारत सीमा रूपैडिहा नाका भएर युपी ४० जे ३५९२ नम्बरको मोटरसाइकलबाट नेपालगन्ज प्रवेश गर्ने क्रममा प्रहरीद्वारा पक्राउ परेका भारतीय नागरिक मोहम्मद बसिम र चाँदसी राईबाट प्रहरीले १७ पोका सेतो हेरोइन पनि बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता विनोद घिमिरेले जिल्लामा यति ठूलो मात्रामा प्रहरीले लागुऔषध हेराइन बरामद गरेको पहिलो घटना भएको बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %