देव गुरुगं आएर मिलाउदा पनि असन्तुष्ट, तर अधिवेशन चाहि सकियो

Read Time:6 Minute, 1 Second

२० मार्च २०११
हंगकंगमा खोलिएको एनेकपा माओवादी सम्वद्ध नेपाली जनसरोकार समाज हंगकंगको दोस्रो र तमु मुक्ति मोर्चाको प्रथम अधिवेशनलाई सम्पन्न तथा सम्वोधन गर्न आएका एमाओवादी स्थायी समिति सदस्य तथा सभासद देब गुरुङको प्रमुख आतिथ्यमा जोर्डन स्थित याक एण्ड यती रेष्टूरेण्टमा अधिबेशन सम्पन्न भएको छ ।

सम्वोधनको क्रममा गुरुङले नेपालमा विदेशी चलखेल भएकै कारण सरकारले पूर्णता पाउन नसकेको र पहिले राजतन्त्रबादी र गणतन्त्रबादी को द्धन्द भएको जस्तै अहिले नेपालको सवै पार्टीमा एउटा खेमा घुडा टेक्ने परतन्त्रबादी तथा आत्मसमपर्णवादी प्रबृति भएको र अर्को खेमा गणतन्त्रबादी र आत्मसमपर्ण गर्न नचाहने स्वतन्त्रबादी भएकोले अहिले यी दुई खेमा विच द्धन्द भइरहेको बताए ।उनले यसलाई परस्त पार्नको लागि एमाओवादी र एमाले विच सात बुदे सहमती भएको बताए ।

विशेष अतिथि सभासद तथा तमुवान मुक्ति मोर्चाका सदस्य राजकाजी गुरुङले आदिवासी जनजातिको हक हितको लागि जातिय मोर्चाहरु बनेको र अहिलेसम्म संविधानमा हाम्रो अधिकार सुनिश्चित गर्नको लािग लडिरहेको बताए । कार्यक्रममा महाबाणिज्यदूत विनोद उपाध्यायको पनि उपस्थिति थियो । हंगकंगका पार्टी सम्वद्ध संस्थामा हाल एमालेसंग सहकार्य भएकोले होला एमालेको अध्यक्ष ओम राज लिम्वुलाई मात्रै अतिथिको रुपमा आशन ग्रहण गराइएको थियो ।

सचिव किरात जीमी हाङ्गखिमको सञ्चालन रहेको थियो भने अध्यक्ष हुदाहुदै कार्यबाहक भनिएका उपाध्यक्ष कृष्णा लिङखाको अध्यक्षतामा सम्पन्न भएको थियो । लिङखाले सम्वोधनकै क्रममा समिति भंग भएको उद्घोष गरेका थिए । उक्त कार्यक्रममा नेपाली जनसरोकार समाजमा लामो समय सम्म निरन्तर सक्रिय रहि टेवा पुर्याउने कृष्ण बहादुर लिँखा , जिमि हाङ्गखिम , राम कुमार राई , विष्णु कुमार गुरुङ्ग र अर्जुन राना लाई एनेकपा माओवादि हङ्गकङ्गका पार्टि सेक्रेटरी पूर्ण लक्समले कदर पत्र प्रदान गरेका थिए ।

दुई समितिबीच चलेको मारामार यो अधिवेशनमा पनि देखिएकोथियो ।त्यसैले होला कार्यक्रमलाई औपचारिकता दिदा औपचारिकता समेत पूरा गरिएकोथिएन । केहि समय पहिला समानान्तर समिति गठन गरेको भनी अध्यक्ष मंगलबावु मालबुल सम्वद्ध चार जना सदस्यहरुलाई लिङखा सम्वद्ध समितिले कार्वाही गरेको प्रेस विज्ञप्ति छापामा आएको थियो । त्यो कार्बाहीको जवाफ स्वरुप अध्यक्ष पक्षले पनि प्रेश विज्ञप्ति प्रकाशन गरेको थियो ।

एक सदस्यले जानकारी दिए अनुसार नेपालवाट आएका नेताहरु समेतलाई बैठकमा राखी १९ मार्चको दिन मिलेर जाने सहमति भएको थियो जसमा अध्यक्ष मंगलबाबु मालबुलले नै अधिबेशनको अध्यक्षता गर्ने र नयाँ समिति सवै मिलेर चयन गर्ने पहिलेको कुरालाई आत्माआलोचना र माफी माग्नु पर्ने र गल्ती गर्नेले सोही अनुसार गर्ने गराउने भन्ने सहमति भएको  िलिंखा समूहलेथयो । तर सहमति पालना नगराई अध्यक्ष मालबुललाई अध्यक्षता नगराएपछि  उपाध्यक्ष कृष्ण लिङखाको अध्यक्षतामा कार्यक्रम सञ्चालन हुनासाथ अध्यक्ष मंगलवावु मालवुल कार्यस्थलवाट बाहिरिएका थिए ।

पछि विष्णु गुरुङको अध्यक्षतामा नेपाली जनसरोकार समिति चयन भएको छ ।  पदाधिकारी हरुको अध्यक्ष मण्डल हङ्गकङ्ग पार्टि सेक्रेटरी पूर्ण लक्सम तथा सह सेक्रेटरी द्वय जेवि ओख्राबो तथा पवन बस्नेत वाट निर्विकल्प चयन भएको थियो । बिशेष अतिथि  विदेश राज्य समिति सचिव मनोजजंग थापाले भने प्रमुख अतिथिले सवै कुरा भन्नु हुनेछ भनी खासै केहि बोलेनन् ।


निर्वाचित समितिको नामावली
अध्यक्ष –विष्णु गुरुङ्ग
वरिष्ठ उपाध्यक्ष – ज्ञानु मेन्याङ्गबो
उपाध्यक्ष – हेमराज थापा
उपाध्यक्ष – धिरेन्द्र राई
महासचिव – जिमि हाङ्गखिम
सचिव – किशोर महरा
कोषाध्यक्ष –मान प्रशाद गुरुङ्ग
सदस्यहरु
गोविन्द राज गुरुङ्ग
देविदाश राई
पिताम्वर राई
ललित आङ्गबुहाङ्ग
जजिन चाम्लिङ्ग
रुप प्रशाद राना
नन्द बेघा
प्रतिनिघि –लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चा
प्रतिनिघि –किराँत राष्ट्रिय मुक्ति मोर्चा
प्रतिनिघि –तमु मुक्ति मोर्चा
प्रतिनिघि –मगर मुक्ति मोर्चा

-भीम बराही मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %