आगालागी हुँदा रु ९२ लाखको क्षति

Read Time:1 Minute, 59 Second

मोरङ ९ चैत

मोरङको शनिश्चरे– १ स्थित भुटानी शरणार्थी शिविरमा मङ्गलबार आगलागी हुँदा रु ९२ लाख बराबरको क्षति भएको जिल्ला दैवीप्रकोप नियन्त्रण समितिले जनाएको छ ।

समितिका संयोजक मोरङका प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीका अनुसार आगलागीमा परेर १०२ घर जलेर नष्ट भएका छन् भने २० वटा घर आगो नियन्त्रण गर्ने क्रममा भत्किएका छन् ।

आगलागीमा परी करिब एक हजार शरणार्थी विस्थापित भएको र उनीहरू आफन्त र शिविरभित्रको स्कुलमा शरण लिएर बसिरहेका छन् ।

आगलागीमा परी शरणार्थी परिवारका कपडा, भाँडादेखि, प्रमाणपत्र र अन्य धनमालसमेत जलेर नष्ट भएको छ ।

विस्थापित शरणार्थीलाई राहत वितरण गर्न संयुक्त राष्ट्र सङ्घको शरणार्थी एकाइ र स्थानीय सामाजिक सङ्घसंस्था लाग्ने आफूले जानकारी पाएको प्रजिअ अधिकारीले बताउनुभयो । उहाँले आफूहरूसँग शरणार्थीलाई राहत बाँड्ने बजेट पनि नभएकाले शरणार्थीका लागि खटिएका सङ्घसंस्थालाई नै आग्रह गरिने बताए  ।

शिविरको सेक्टर बी टु छाप्रा नम्बर ६४ का भक्तबहादुर दर्जीको घरबाट सुरु भएको आगलागी समयमा नियन्त्रण लिन नसक्दा ठूलो मात्रामा आगोले क्षति पु¥याएको हो । आगलागीबाट क्याम्पस व्यवस्थापन समितिको कार्यालयसमेत जलेर नष्ट भएको छ ।

आगलागीको वास्तविक कारण अझैसम्म खुल्न नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %