सातबुँदे खारेज भए काँग्रेस जुनसुकै दलको नेतृत्वमा पनि सरकारमा जान्छ : डा. रामशरण महत

Read Time:1 Minute, 31 Second

उदयपुर, ७ चैत

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले एकीकृत नेकपा (माओवादी) र प्रधानमन्त्री झलनाथ खनालले गरेको सातबुँदे सहमतिको अर्थ नभएकाले त्यसलाई खारेज गरे मात्र  नेपाली काँग्रेस जसको नेतृत्वमा भए पनि सरकारमा जानसक्ने बताएकाछन् ।

स्व गिरिजाप्रसाद कोइरालाको वार्षिक पुण्यतिथिका अवसरमा नेपाली काँग्रेस उदयपुरद्वारा आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्न आज उदयपुरको सदरमुकाम गाइघाटमा आएका डा महतले संविधान समयमै बन्नुपर्ने र शान्तिप्रक्रिया छिट्टै टुङ्गो लगाउनुपर्ने धारणा राखे  ।

उनले एमाओवादीको अर्धसैनिक क्रियाकलाप व्यवस्थापन नगरिएसम्म देशले सही दिशा नलिने र यस्तो परिस्थितिमा काँग्रेस सत्तामा जाँदा पनि नजाँदा पनि कुनै अर्थ नहुने बताए  ।

नेता डा महतले प्रधानमन्त्री झलनाथ खनालले नेपाली काँग्रेसलाई गृहमन्त्रालय देखाएर झुक्याउन खोजेको बताउँदै संविधान र शान्तिप्रक्रियाको विषयमा सफा सहमति भएमा मात्र काँग्रेस सत्तामा जानेछ भने ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %