काठमाडौँ, ७ चैत
सबै धर्मको अधिकारलाई संरक्षण गर्नका निमित्त नयाँ बन्ने संविधानमा धार्मिक आयोगको गठन हुनुपर्ने माग विभिन्न सरोकारवालाले गरेकाछन् ।
ख्रिस्टियन सुझाव समितिद्वारा आइतबार यहाँ आयोजित अन्तक्र्रियामा उहाँहरूले सबै धर्मका बीचमा सद्भाव र सहिष्णुता कायम गर्न स्वतन्त्र धार्मिक आयोगको गठन आवश्यक रहेकामा जोड दिए ।
मानवअधिकारकर्मी चरण प्रसार्इंले सबै धर्मका गतिविधिको अनुगमन र धर्मका नाममा हुने गरेका गैरधार्मिक कार्यलाई आवश्यक नियमन गर्न आयोगको खाँचो रहेको बताए ।
विश्व हिन्दू महासङ्घका अध्यक्ष दामोदर गौतमले धार्मिक एकता कायम गर्न प्रत्येक धर्मका अनुयायीले अन्य धर्मप्रति सम्मानको भावना विकास गर्नुपर्नेमा जोड दिए ।
जैन सम्प्रदायका नमन उपाध्यायले नेपालमा प्रचलनमा रहेका धर्म र सम्पूर्ण जातजातिको धर्मिक गतिविधिले नै राष्ट्रको संस्कृतिमा प्रभाव पार्ने भएकाले त्यसलाई राज्यले उचित व्यवस्थापन गर्नुपर्ने बताए ।
कार्यक्रम आयोजक समितिका अध्यक्ष डा.सुन्दर थापाले आयोगले धर्मको नाममा हुने विभिन्न प्रकारका ठगी रोक्नसक्ने विचार व्यक्त गरे ।