७ चैत्र, पोखरा
पोखरेली हाँस्यव्यङग्य समुहको प्रकासनमा पोखराबाट पहिलो पटक हाँस्यव्यङग्य राष्ट्रिय मासिक पत्रिका प्रकासनमा आएको छ । माइन्ड फ्रेस नाम राखिएको हाँस्यव्यङग्य पत्रिकाको प्रकासन तथा सम्पादक युवराज भण्डारी हुन् । नहाँसी सुखै छैन भन्ने नाराका साथ बजारमा ल्याइएको माइन्ड फ्रेस पत्रिका पोखरेली माग्ने बुढाका रुपमा हाँस्यव्यङग्यमा संलग्न हुदै आएका भण्डारीले बजारमा ल्याएका हुन् ।
पत्रिका प्रकासनका लागि पोखरेली धुर्मस भनेर चिनिने राजेन्द्र नेपालीले व्यवस्थापन, सह सम्पादकमा सुरज भिर खोईरे छन् । माइन्ड फ्रेस हाँस्यव्यङग्यमा मुक्तक, छुस्स, चुड्किला, गाउँखाने कथा लगाएतका अन्य हास्य सामाग्रीहरु समेटीएको छ । ४८ पेज रहेको हाँस्यव्यङग्य पत्रिकामा अहिलेको राजनैतिक परिवेश, सामाजिक विकृती, युवा युवतीको माया प्रेम, संविधान निर्माण लगायतका विषयलाई मुख्य हाँस्यव्यङग्यका रुपमा प्रस्तु गरिएको छ ।
पत्रिकाका सम्पादक र व्यवस्थापक भण्डारी र नेपाली नेपाल टेलिभिजनबाट प्रसारण हुने विभिन्न हास्य टेलिसिरीयल र स्टेजमा अभिनय गर्ने कलाकार हुन् र्दै ।
सागर राज तिमिल्सिना