काठमाण्डौमा रिल्याक्स गर्न आएका हैनौं ।

Read Time:12 Minute, 35 Second

माओवादीले वाइसिएल भङ्ग गरि उस्तै खाले दस्ता स्वयंसेवक ब्युरो गठन गरेकोमा  हामीलाई धेरै शंकाको रुपमा हेरिएको छ । जनविद्रोहका लागि यिनीहरुले यस्तो गरिरहेका हुन् भनेर पनि भनिएको छ । वाइसिएलको वदनामको पाप पखाल्न अनि विशेष कामका लागि यो आएको पनि भनिएको छ । ती सवै कुरा गलत छन् । ब्यापक युवाहरुलाई संगठित गर्ने र सचेत पार्ने , उनीहरुलाई जनताको सुरक्षा गर्ने र सेवक वनाउने , उनीहरुलाई श्रममा लगाउने र काम र माम दिने काममा लगाउने भनि त्यो बनाइएको हो। उनीहरुलाई संघर्ष कर्ताको रुपमा पनि उतारिनेछ । जस्तो, समयमा संविधान जारी गर्न पनि उनीहरुले वाहिरवाट सचेत पार्ने र दवाव दिने काम गर्दछन् ।

 

लोकेन्द्र बिष्ट मगर —  एमाओवादी नेता

 

विकास निर्माण र पुनः निर्माण संम्वन्धी काम पनि गर्दछन् । हामीले राज्यको सुरक्षा निकायलाई पूरै वेवास्ता गरि यसलाई अगाडि लैजान खोजेका होइनौ । राज्यको सुरक्षा निकायले जनताको सहयोग नपाउदा अहिले असुरक्षा वढेको हो । राज्यको सुरक्षा निकायलाई जनताको सहयोग पाउने गराउने यो दस्ता क्रियाशिल  वनाउने छ । हत्या , लुट अनि वलत्कार आदि कुरामा यी युवा दस्ता सुरक्षा निकाय भन्दा अगाडि रहेर काम गर्दछन् उनीहरुलाई सघाउँछन् । राज्यलाई कमजोर पार्न हैन वलियो पार्न उनीहरुले भूमिका खेल्नेछन् ।
माओवादीको क्रान्ति अधुरै छ । क्रान्ति हामीले पूरा गर्नुपर्दछ । हामी काठमाडौ रिल्याक्स गर्न आएका हैनौ । क्रान्तिको तयारीका लागि आएका हौ ।  क्रान्ति भनेपछि भर्खरै वम वारुद गोला पडकाउदै हिडने कुरा होइन । माक्र्सवादले के भन्दछ भने सक्दछौ भने तिमी शान्ति पूर्वक क्रान्ति गर , यदि त्यो संम्भव छैन र सक्दैनौ भने तवमात्र शक्ति प्रयोग गर भनेको छ । माक्र्सवादको सिद्धान्त अनुरुप हामी पनि कम क्षति र रगतको वलिदान कम गरेर हामीले यो देश अनि समाजलाई आमूल परिर्वतन गर्न चाहन्छौ । हामीले यो वेलामा संविधान शान्ति प्रकृया अनि राष्ट्रिय स्वाधिनताको कामलाई अगाडि वढाउनु पनि क्रान्तिकै पार्टपूर्जा हुन् । क्रान्तिकै अङग प्रत्यङ्ग हुन् । हामीले विद्रोह त गर्दछौ । हामी जहाँ जान खोजेका छौ त्यहा जान दिइने भने हामीले विद्रोह गर्दछौ ।  १४ जेठसम्म संविधान नवन्ने स्थिति परिस्थिति आयो भने हामीले क्रान्ति गर्दछौ । हामीलाई सकैले रोक्न सक्दैनन् । राम्रो काम गर्न कसले रोक्छ र रु
हामी सरकारमा १४ जेठसम्म मात्र होइन पछिसम्म नै रहन्छौ । हाम्रो नेतृत्वकै सरकारले १४ जेठमा संविधान जारी गर्दछ । त्यसपछि पनि निर्वाचनमा वहुमत ल्याएर सरकार सञ्चालन गर्दछौ । अहिले हामी राष्ट्रिय सहमतिको सरकार गठन गर्न कांग्रेसलाई पनि सरकारमा वोलाएकै छौ । ऊ आउदैन भने हामी तान्दैनौ ।
उपसमितिको म्याद अहिले १५ दिन थप गरिएको छ । विवादित मुद्धाहरुको छिनोमानो लगाउन सात दिनमै पनि संम्भव छ , १५ दिन भनेको धेरै समय हो , धेरै काम गर्न सकिन्छ । इच्छा शातिm भए जति सुकै जटिल मुद्धा पनि १५ दिनमा सल्टाउन सकिन्छ ।

गृहमन्त्रालयको फण्डा
गृह मन्त्रलायको विवादले सरकारले पूर्णता नपाएको भन्ने आरोप मात्र हो । माओवादी मन्त्रीका लागि सरकारमा गएको  होइन । सात वुदे सहमतिको कार्यान्वयन र वुझाइमा भिन्नताका कारण कार्यान्वयनमा ढिलाढला भएको हो । हामीभित्र होइन एमालेभित्र समस्या देखिएको छ । नेकपा एमाले भित्रका साथीहरुका कारण सहमति कार्यान्वयन अनि सरकारले पूर्णता पाउने कुरामा ढिला भएको हो ।  सहमति अनुसार गृह मन्त्रालय हामीले पाउँछौ । हामीले गृहमन्त्रालय पाउनु न्यायिक छ । त्यसको हकदार हामी नै हौ ।  प्रचण्डको नेतृत्वमा वनेको सरकारमा एमालेलाई नै हामीले गृह मन्त्रालय दिएका थियौ त्यति वेला बामदेव गौतम गृहमन्त्री थिए । माओवादीलाई गृह मन्त्रालय दिएर केही वेफाइदा हुन्न वरु सवै कुरा सप्रिन्छ ।
सवैलाई समेटनु पर्दछ । शान्ति र संविधानका लागि मधेशवादी  दलहरुलाई पनि समावेश गर्नुपर्ने हुन्छ । सवैलाई नसमेटिकन गाह्रो हुन्छ भने हामीले वुझेका र भोगेका पनि छौ । एकातिर सवैलाई समेट्नु पर्ने आर्कोतिर बाँडफाँट पनि गर्नुपर्ने भएकाले अलिकति ढिलाढाला भएको हो । सरकारले पूर्णता नपाउनुमा हामी मात्र दोषी छैनौ । आशिंक रुपमा जिम्मेवार चाहि हौ ।
अहिले हाम्रो अगाडि चार कुरा महत्वपूर्ण छन् । पहिलो सरकारले छिटो पूर्णता पाउनु पर्दछ । मन्त्रालय कसलाई दिने र नदिने भन्दा नीतिमा आधारित भएर अगाडि वढनु पर्दछ । अर्को  संविधान निर्माणमा देखिएका विवाद मिलाउनु पर्दछ । संविधान सभाले संवैधानिक समितिलाई संविधानको मस्यौदा वनाउन निर्देशन दिनुपर्दछ । तेस्रो कुरा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनु पर्दछ । आर्को कुरा राष्ट्रिय सुरक्षाको छ । अहिले राष्ट्रिय सुरक्षा खतरामा परेको छ । सीमा मिचिएको छ । भारतीय सुरक्षाकर्मीहरुवाट नेपालीहरु असुरक्षित भैरहेकाछन् ।  नेपालका सुरक्षा निकाय पनि यसवाट अछुतो छैन । सिमानामा नेपाली सुरक्षाकर्मी माथि आक्रमण हुन्छ , जनतामाथि कुटपिट गरी मार्ने काम हुन्छ । जेलमै आएर आक्रमण गर्ने सम्मको काम हुन्छ । नेपालभित्र वसेरै भारतीय अपराधिक शतिmले यस्तो काम गरिरहेका छन् । त्यसैले छिटो भन्दा छिटो यी चार वटा काम गर्नुपर्दछ । यी चार काम छिटो नगरे मुलुक दुर्घटना तिर जान्छ । यहाँ प्रतिगामी शक्ति विदेशीको आडमा चलखेल गर्न पनि सक्छ । त्यस्तो हुन नदिन हामी सवै एक जुट हुनुपर्दछ ।
अर्को दुर्घटना भनेको नेपाललाई असफल राष्ट्र भनेर विदेशीले घोषणा गर्ने र वैदेशिक सहायताका  नाममा नेपालमा चलखेल गर्ने सपना पनि देख्न सक्छन् । त्यसैले त्यता पनि सोच्नु पर्दछ । त्यस्तो हुन नदिन राजनीतिक दल र तिनका नेतृत्वले छिटो भन्दा छिटो ती काममा ध्यान पु¥याउनु पर्दछ ।
काम गरियो भने जेठ १४ मा संविधान जारी हुन्छ । अहिलेसम्म ८० प्रतिशत भन्दा वढी काम भैसकेको छ । चाँडो विवादित मुद्दा हल गर्ने र संविधानको मस्यौदा निर्माणमा अर्जुनदृष्टि लगाएर काम गरियो भने हामीले संविधान समयमै पाउँछौ । यसमा हामीलाई अविश्वास छैन ।

 

संविधानको अड्को
निर्धारित समयमा संविधान जारी हुन नसक्ने अवस्था रहेमा त्यसको जिम्मेवार माओवादी हुन्छ भनेर कांग्रेस र अरु दलले पनि भन्दै आइरहेकाछन् त्यो सरासर गतल   र उल्टो हो ।  माओवादीले अहिलेसम्म त्याग वलिदान अनि दुरदृष्टिका साथ सवैलाई मिलाउने काम गरिरहेको छ । अरुलाई दोष लगाउने हो भने उनीहरुको कृयाकलाप पनि हेर्नुपर्दछ । राज्यको पुनःसंरचनाको विषयमा हेर्नुहुन्छ भने कतिपय दल जस्तै कांग्रेसले अहिलेसम्म आफ्नो अवधारणा नै पेश गरेको छैन । अहिलेसम्म कांग्रेसले के ग¥यो रु एमालेले  के ग¥यो रु माओवादीलाई दोष लगाउनु पर्ने कारण के रु संविधान सभाको चुनाव भएको माओवादीका कारणले हो । देश संघीय गणतन्त्रमा गएको माओवादीका कारणले नै हो । अहिले सरकार वन्ने नै थिएन माओवादीकै कारणले वन्यो ।
अहिले पनि हामी लडाइँ नै लडेका हुन्थ्थौे तर शान्ति प्रकृयामा आयौ । अनि राम्रा काम जति नदेख्ने अनि नराम्रा र जे विग्रिन्छ त्यो माओवादीलाई दोष दिने, त्यो चाहि राजनीतिक इमान्दारिता  भएन । राम्रो लाई राम्रो भन्न सक्नुपर्दछ । यो सरासर पूर्वाग्रह हो । त्यस्तो राजनीतिक इमान्दारिता एमाले र कांग्रेसमा नदेखिए उनीहरु नै भडखालोमा जान्छन् । अहिले यो सहमति र अरु कुरा नमिल्नुमा एमाले भित्रको एक हिस्सा , कांग्रेस र वैदेशिक शक्तिको हात छ । यो जालोलाई चिरेर अगाडि वढेमा शान्ति र संविधान पनि हुन्छ नत्र चाँहि जनता पनि निदाइरहे र पार्टीहरु झगडा गरिरहे नहुनुपर्ने चाहि हुन्छ । हुनुपर्ने हुन्न ।
सेना समायोजनमा बखेडा झिकिएकोछ । लडाकू समायोजनका कुरा क्रमिक रुपमा अगाडि वढदै छ । जनमुक्ति सेना जव विशेष समितिमा आयो । काम अगाडि वढिरहेको छ । तर यी काममा यो वा त्यो रुपमा हलो अडकाउने गर्नु भएन । सेना समायोजन र पुनःस्थापना शान्ति प्रकृयाको एक पाटो हो त्यो निश्चित रुपमा हुनुपर्दछ । त्यसका लागि माओवादीले आफ्नो तर्फवाट कुनै कसर वाँकी राखेको छैन । समायोजनको लागि पहिलो कुरा मोडालिटीको हो । कुन मोडालिटीमा जाने त्यसको होमओर्क पनि गर्नुपर्दछ । कस्तो ढाँचामा जाने अनि कहिलेसम्म टुंग्याउने भन्ने हो । कार्यविधि , आवधिक र प्राविधिक कुरा छिटो टुंग्याउनु पर्दछ । अरुलाई दोष दिने प्रवृति छ नेपालमा । काम नगरीकन त्यसले सेना समायोजन हुन दिदैन ।

– लेखक एनेकपा माओवादी पोलिटब्युरो सदस्य एवम राज्यको पुनसंरचना र राज्य  शाक्तिको वाँडफाँट समितिका सभापति हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %