बाँके , ६ चैत
बाँके जिल्लाको सीतापुरबाट हतियारसहित दुईजना पक्राउ परेका छन् । राधापुर– ९ का १८ वर्षीय मनोज बस्नेत र १७ वर्षीय विकास शाहीलाई प्रहरीले आज पक्राउ गरेको हो ।
भरुवा बन्धुकसहित पक्राउ परेका दुई जनाले सीतापुर– ६ का हरिसिंह ठकुरीमाथि गोली हान्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको अहिले अनुसन्धान भइरहेको बाँकेका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए ।