काठमाडौ, चैत्र ६
– सत्तारुढ दलहरु एमाले र माओवादीका शीर्ष नेताहरुबीच आइतवार दिउँसो सरकारलाई पूर्णता दिनेलगायतका बिषयमा छलफल भइरहेको छ ।
एमाले संसदीय दलको कार्यालमा भइरहेको छलफलमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेताहरु सहभागी छन् ।
त्यसैगरी एमालेका नेता माधवकुमार नेपाल, इश्वर पोखरेललगायतका नेताहरु रहेका छन् । छलफद्यमा सरकारको बिस्तारका साथै काँग्रेसलाई पनि सरकार सहभागी गराउने सम्बन्धमा छलफल हुने स्रोतले जनाएको छ ।
एमालेले नेता नेपालको संयोजकत्वमा गठन गरेको छ सदस्यीय कार्यादलको समयावधी सकिन लाग्दा छलफल सुरु भएको हो । कार्यादलले शनिबार काँग्रेस नेताहरुसंग छलफल गरेको थियो ।