आगलागीमा परेर दुईको ज्यान गयो

Read Time:1 Minute, 2 Second

काठमाडौँ ६ चैत

काठमाडौको मखनस्थित केदार श्रेष्ठको घरमा गएराति आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केदार श्रेष्ठका छोरा ३४ वर्षीय राजेश र २२ वर्षीय महेशको आगलागीका बेला भाग्न नसकेर मृत्यु भएको हो ।

आगलागी राति ११ः३० बजे भएको र दुई घन्टापछि स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेना र वारुण यन्त्रको प्रयासमा नियन्त्रणमा लिइएको थियो ।

विशाल बजारस्थित जनसेवा सामुदायिक प्रहरी परिसरका प्रमुख प्रहरी निरीक्षक अवधेश विष्टले मृतकका बुबाआमा अचेत अवस्थामा वीर अस्पतालमा उपचारका क्रममा रहेको, थप अनुसन्धानको क्रम जारी रहेको र क्षतिको विवरण यकिन आइनसकेको जानकारी दिए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %