आदिवासी महिलाहरुले दल र सरकारी प्रतीनिधिहरुलाई र्याख्र्याख्ती पारे

Read Time:2 Minute, 57 Second

राष्टिय आदिवासी जनजाति महिला मन्चले आदिवासी जनजाति महिला महासंघसंग सहकार्य गरि तीन वटा जिल्लामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गर्यो । सिन्धुपाल्चोकको चौताराबाट शुरु गरिएको सुनुवाई रसुवाको धुन्चे हुदैं नुवाकोट बिदुर नगरपालिकामा आई सम्पन्न भएकोथियो ।

सिन्धुपाल्चोक कार्यक्रम थलो

आदिवासी जनजाति तथा सीमान्तकृत महिलाहरुको राजनीतिक समावेशीकरण बिषयक सार्वजनिक सुनुवाईमा आदिवासी महिलाहरुको ब्यापक सहभागिता रहेकोथियो । गाँउ गाँउबाट कार्यक्रममा सहभागी भएका महिलाहरुले आफ्ना मुद्दा र अधिकार सम्बन्धि खुलेर बोलेकाथिए । राज्य र दलले लिएको समावेशी र सहभागीतामूलक नीतिमाथि ती सहभागीले सरोकारवालाहरुसंग खाँखा जुधाएर प्रश्न र जिज्ञासा राखेकाथिए । समबन्धित जिल्लाका स्थानीय बिकाश अधिकारी, स्थानीय प्रशासक, एनजिओ, दलहरु , जातीय संस्था र अन्य सरकारी संस्थाका प्रतिनीधिहरुलाई आदिवासी महिलाहरुद्धारा समावेशीकरणबारेमा र्याख्र्याख्ती पारिएकोथियो ।

रसुवाको कार्यक्रम

महिलाको नाममा बाहुन क्षेत्री महिलाले मात्र सुविधाको उपभोग गर्दे आइरहेको र आदिवासी महिलाहरु अन्यायमा परेको भन्दै सरोकारवालाहरुको नियतमाथि प्रश्न उठाएकाथिए । राजनैतिक दलहरुले आदिवासी महिलाहरुमाथि हेर्ने दृष्टिकोण नबदलिएको र अझै प्रनिनिधित्व गराउन नचाहेको खुलस्त राखे । यो सुनुवाईबाट सरकोकारवालाले आफुहरुले  सभामा उठाइएका कुरा माथि ध्यान दिइने र कडाईका साथ लागु गर्ने प्रतिबद्धता ब्यक्त गरे । यो सुनुवाई कार्यक्रमको सबैभन्दा सबल पक्ष थियो ।

नुवाकोटको कार्यक्रम


मन्चका सिन्धुपाल्चोक इन्चार्ज गंगा खासु, नुवाकोट इन्चार्ज राधिका लामा र रसुवा इन्चार्ज सम्झना लामाले महिला मन्च र महासंघको स्थानीय समितिसंग मिली कार्यक्रमको ब्यवस्थापन गरेकाथिए ।
कार्यक्रम संचारकर्मी जेवी पुन मगरले संचालन गरेकाथिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %