सुकुम्बासी आयोगका तीन कर्मचारी प्रहरी नियन्त्रणबाट मुक्त

Read Time:1 Minute, 25 Second

कञ्चनपुर, ४ चैत
रकम असुलेर होटेलको कोठामा बसेर जग्गाधनी पुर्जा वितरण गरेको भन्दै हिजो पक्राउ गरिएका सुकुम्बासी समस्या समाधान समितिका तीन कर्मचारीलाई प्रहरीले मुक्त गरेको छ ।

प्रहरीले एक घन्टा नियन्त्रणमा लिएर आयोगका सदस्य चक्र विष्ट, कर्मचारी गणेशदत्त पाण्डेय र प्राविधिक कृष्णानन्द भट्टराई मुक्त गरेको हो ।

नेकपा (एमाले) सम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियुका कार्यकर्ताहरुको सूचनाका आधारमा प्रहरीले महेन्द्रनगरको तारा होटलबाट तीनैजनालाई पक्राउ गरेको थियो ।

कर्मचारीहरुबाट बरामद गरिएको भनिएको नगद रु ५५ हजार रैकरवार विचवा गाविसका सचिव गणेशदत्त पाण्डेयले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत जेष्ठ नागरिकलाई वितरण गर्न बैंकबाट झिकेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक पवनप्रसाद खरेलले तीनवटै आयोगका कर्मचारी निर्दोष सावित भएकाले मुक्त गरिएको बताए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %