काठमाडौँ, ३ चैत
नेकपा (एमाले)को आज बसेको स्थायी समितिको बैठकले वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको आकार दिन विभिन्न पार्टीसँग वार्ता गर्नका लागि वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा पाँच सदस्यीय वार्ताटोली गठन गरेको छ ।
एमालेका सचिव युवराज ज्ञवालीका अनुसार सो टोलीमा उपाध्यक्षद्वय अशोक राई र वामदेव गौतम तथा महासचिव ईश्वर पोखरेल र स्थायी समिति सदस्य केपी ओली रहनुभएको छ ।
एमालेले वर्तमान सरकारमा नेपाली काँग्रेस, मधेसवादी दल र संसद्मा रहेका अन्य दलहरुलाई सरकारमा सहभागी हुन यसअघि नै आह्वान गरिसकेको छ ।