चैत ३
राष्ट्रिय जनमुक्ति पार्टीको चोथौ महाधिवेशनबाट पारित कार्यदिशा र नयाँ नेतृत्व सम्बन्धमा मूलधारका पत्रपत्रिकाले समाचार नदिएको भन्दै सो दलका कार्यकर्ताले गुनासो गरेकाछन् । अन्य पार्टिको अधिबेशन हुदा मुख्य समाचार, सम्पादकिय, बिश्लेषण छाप्ने र बोल्ने मिडियाहरुले जनमुक्ति पार्टीको महाधिवेशनको समाचार समेत बजाएका र लेखेका थिएनन् । एक स्थानीय नेता भन्छन्, यदि यस्तै हो भने हामी पनि अरुकै जस्तै बलप्रयोग गर्ने अप्रिय निर्णय गर्ने अवस्थामा पुग्न सक्छौ, जुन राम्रो होइन । महाधिवेशनले यसपटक जनमुक्ति विचारा धारा पारित गरेको छ । नवलपरासीको कावासोतीमा सम्पन्न महाधिवेशनबाट केन्द्रिय समितिलाई संघीय परिषद भन्ने निर्णय गरेको छ । सबै युवा निर्वाचित भएकाछन् । यो दल संविधानसभामा पनि भएकोले राष्टिय दल पनि हो । यसको २० बर्षको बिरासत छ । तैपनी मीडियामा ठाँउ नदिनुले नेपाली मीडियाको स्वरुप जातिवाद छ भन्ने प्रस्ट हुन्छ ।
संघीय परिषदको अध्यक्षमा राष्ट्रिय जनमुक्ति पार्टी संसदीय दलका नेता एमएस थापा निर्वाचित भएका छन् । थापाले निर्वतमान सहअध्यक्ष तथा पूर्वमन्त्री गोरेबहादुर खपाङ्गी र पार्टीका निर्वतमान महासचिव बयानसिँ राईलाई पराजित गरेका थिए ।
यसपटकदेखि एकात्मक प्रणालीबाट सामुहिक नेतृत्वको अभ्यास गर्न लागे राजमुपाको सहअध्यक्षमा शंकरलाल चौधरी र श्रवणकुमार लिम्बु तथा समितिको उपाध्यक्षहरु शिवलाल थापा, तीर्थ राई, केपी पालुङ्गा, रविन्द्र सुनार र मिना पन्धाक लिम्बु विजयी भएका छन् । पार्टी महासचिवमा केशव सूर्यवंशी, उपमहासचिवमा चन्द्रबहादुर श्रीस र सुश्री तारा बलाल थापा कोषाध्यक्षमा हरिशंकर थापा र संगठन सचिवमा सिद्धि तुम्बाहाम्फे निर्वाचित भएका छन् ।
यसैगरी २७ खुल्ला १० महिला आरक्षण र १५ जना मनोनित गर्ने व्यवस्था छ । खुल्लातर्फ लोकप्रिय मतको आधारमा डा. देव थापा, टोप अस्लामी, रत्न राना, हाजी डा। मोहम्द हसन, अशोक पुन, रविन्द्रउच्च नेपाली, कर्णबहादुर सुनारी, नरसिंह चौधरी, दलबहादुर विरकट्टा, घनश्याम आले, सूर्यकुमार सारु, शिवप्रसाद आर्चाय क्षेत्री, साविला मोक्तान, धनकेशर सूर्यबंशी, टंक पुन, राजवंशी चौधरी, खिलध्वज थापा, नन्दबहादुर घर्ति, हरिदेव थापा, बलदिप राई, प्रकाश यङदेन, शान्तिदेवी राई, सूर्य सम्बाहाम्फे, कमल तिगेला, अमनकुमार श्रेष्ठ, मनकुमारी पाइजा र डवबहादुर गर्वुजा विजयी भएका छन् ।
संघीय परिषद सदस्य (केन्द्रीय सदस्य) महिला आरक्षणतर्फ निर्वाचित हुनेहरुमा मिना पुन, गंगा खासु, छियामा राई (सभासद), लक्ष्मी सारु २६४, माला देवान, कमला गुरुङ्ग, ललिमाया जर्घा, टोमा सारु, होममाया गुरुङ्ग र मिना गोले तामाङ्ग छन् । संघीय परिषदमा पनि १२ पदाधिकारी र ८ केन्द्रिय सदस्य रहने २१ सदस्यीय कार्यसम्पादन समिति सबैभन्दा शक्ति निकायको रुपमा रहने छ ।
देब पचभैया, पाल्पा