जेठ १४ मा संविधान नबने दुर्घटना : रामबहादुर थापा

Read Time:1 Minute, 50 Second

कास्की, २ चैत
एकीकृत नेकपा (माओवादी)का महासचिव रामबहादुर थापा बादलले शान्तिप्रक्रियालाई टुङ्गोमा पुरयाउन र विकास निर्माण कार्यलाई अगाडि बढाउन आफ्नो पार्टीले जनस्वयम्सेवक परिचालन ब्युरो गठन गरेको बताएकाछन ।  

क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा  महासचिव थापाले भन्नुभयो– ‘बाह्य हस्तक्षेप, सीमा अतिक्रमण र अस्तव्यस्तताका विरुद्ध, शान्तिप्रक्रिया तथा देस विकासमा सहयोग गर्नु जनस्वयम्सेवक ब्युरोको मुख्य उद्देश्य हो ।’

शान्ति स्थापना, नयाँ संविधान निर्माण र बाह्य हस्तक्षेप बन्दहोस् भन्नका लागि एमालेसँग भएको सातबुँदे सहमति कार्यान्वयन हुनुपर्नेमा उनको  जोड  थियो ।

पूर्वरक्षामन्त्रीसमेत रहनुभएका महासचिव थापाले सेना समायोजन कसरी गर्ने भन्ने विषयमा मोडालिटीको कुरा उठाउने दायित्व नेपाली सेनाको नभएको स्पष्ट पारे  ।
सरकार गठनका बेला एमालेसँग भएको सातबुँदे सहमतिअनुरुप नै सेना समायोजन हुने उनको दाबी थियो ।

जेठ १४ मा संविधान नबने मुलुक दुर्घटनामा फस्ने चेतावनी दिँदै उनले दलाल पूँजीपति र विदेशी शक्ति नेपालमा शान्ति र राज्य पुनःसंरचना हुन नदिन लागिपरेको आरोप लगाए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %