केशव सूर्यवंशी विनर अफ द महाधिवेशन : खपागीं

Read Time:1 Minute, 55 Second

आफु हारेपनि सधै सक्रिय रहिरहने प्रतिबद्धता दोहोर्यउदै अध्यक्ष पदमा हारेका गोरे बहादुर खपागींले भने, ‘म बाहिर बसेर पनि सक्रिय भैरहनेछु ।’ उनले थप्दै भने, ‘यो महाधिवेशनमा निर्विरोध चयन हुनुभएका महासचिव केशव सूर्यवंशी वास्तविक रुपमा बिजयी उमेदवार हुनुहुन्छ ।’
स्मरणीय छ, यसपटक देखि सामूहिक नेतृत्वमा गएको जनमुक्तिमा महासचिव बलियो हुने संरचना बनेकोछ । ।त्यसै गरि खपागींले आफुले अध्यक्षमा उमेदवारी दिएर लोकतानित्रक अभ्यासको भरपुर अभ्यास गरेको पनि दोहोर्याए । निर्वाचित अध्यक्ष एमएस थापाले महाधिवेशनमा भएको चुनावी प्रतिष्पर्धाले जनमुक्तिलाई झन बढी लोकतान्त्रिक बनाएको बताए । कार्यक्रम नवनिर्वाचित पदाधिकारी र सदस्यहरुका लागि आयोजन गरिएकोथियो ।
त्यसपछि बसेको पहिलो बैठकमा महाधिवेशन सफल बनाउन सहयोग गर्ने सबैलाई  धन्यवाद ज्ञापन गरियो । पूर्व केन्द्रिय सदस्य नेत्रकला गुरुड। को छोरा बितेकोमा  समबेदना प्रस्ताव पारित पनि भयो । बैशाख ३ गते संघीय परिषदको दोश्रो बैठक केन्द्रिय कार्यालयमा बस्दैछ । त्यसमा कसरी अगाडि बढ्ने भन्ने छलफल हुने बताइएकोछ  ।
यसपटक ९८ प्रतिशत युवाहरु निर्वाचित भएकोले अब जनमुक्तिले क्रान्तिकारी बिचार पारित गर्ने बिश्वास गरिएकोछ ।

सूर्य सारु, रुपन्देही

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %