बाँके (खजुरा), १ चैत
हवाई भाडा वृद्धि फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका कर्णाली अञ्चल सङ्घर्ष समितिका कार्यकर्ता र प्रहरीबीच आज बाँकेको राझा विमानस्थलमा झडप भएको छ ।
झडपका क्रममा आधादर्जन आन्दोलनकारी घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । चरणबद्ध आन्दोलन कार्यक्रमअन्तर्गत बिहान राझा विमानस्थलको मूलगेटमा धर्नामा बसेका सङ्घर्ष समितिका कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । बाह्रजना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ