भीमफेदी, १ चैत
मकवानपुर जिल्ला अदालतले चेलीबेटी बेचबिखनको अभियोगमा तीनजनालाई जनही १० वर्ष कैद र रु ५० हजार जरिवाना गर्ने फैसला गरेको छ ।
न्यायाधीश पदमराज भट्टको एकल इजलासले सो फैसला गरेको हो ।
प्रहरीले किशोरीसहित तीनैजना अभियुक्तलाई २०६७ साल असोज ३ गते भारतको रक्सौल जानेक्रममा हेटौँडा बसपार्कमा पक्राउ गरेको थियो । अभियुक्तहरू सूर्य तामाङ, विनिता तामाङ र योगबहादुर लामाले तीन नेपाली किशोरीलाई भारतको नयाँदिल्लीमा लगेर बिक्री गर्ने कार्यमा संलग्न रहेको बताइएको छ ।
पीडित किशोरीहरूले भारतको रक्सौलमा दैनिक व्यापार गर्न काठमाडाँैबाट ल्याएको अदालतसमक्ष बयान दिएका थिए । अदालतले किशोरीहरूलाई उनीहरूका अभिभावकको जिम्मा लगाएको छ ।