संविधानका विवादित मुद्धा सुल्झाउन गठित उप समितिले भोलि प्रतिवेदन दिने

Read Time:2 Minute, 50 Second

काठमाडौँ, ३० फागुन

संवैधानिक समितिअन्तर्गत विवाद सुल्झाउन गठित उप समितिले आफ्नो प्रतिवेदन भोलि बस्ने संवैधानिक समितिमा प्रस्तुत गर्ने भएको छ । उप समितिको आज बसेको बैठकमा संविधान लेखनका क्रममा दलहरुबीच उप समितिले सुल्झाएका विवादमाथि छलफल र समीक्षा  भएको थियो ।

उप समितिले विवाद रहेका ७५ वटा बुँदामध्ये ४० वटा बुँदामा सहमति कायम गर्न सफल भएको छ ।  दलहरुबीच संविधान लेखनका क्रममा विवाद सुल्झाउन बाँकी ३५ बुँदा छन् । तीमध्ये २० वटा सामान्य छलफलमै टुङ्गिने र बाँकी १५ बुँदा सुल्झाउन प्रमुख तीनदलबीच थप सहमति र छलफलको अवश्यक रहेको बुझिइएको छ ।

बैठकपछि समितिका सदस्य एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले उप समितिमा भएको छलफलबाट दलहरुबीच विवाद सुल्झन्छ र समयमै संविधान जारी गर्न सकिन्छ भन्ने आफूलाई लागेको बताए  ।

उनले संवैधानिक समितिले उप समितिको उपादेयता, महत्व र आवश्यकता महसुस गरेर समयावधि बढाउन सक्ने बताउँदै शान्ति प्रक्रिया संविधान लेखन एकअर्कासँग जोडिएका विषय भएकाले दुवैलाई तीव्रगतिमा निष्कर्षमा पु¥याउने गरी काम गरिनुपर्छ भने  ।

समितिका अर्का सदस्य लक्ष्मणलाल कर्णले तीन दलका नेताहरु गम्भीर भई संविधान लेखनका लागि पर्याप्त समय दिए संविधान लेखनका क्रममा बाँकी रहेका विवादित बुँदाहरु समयमै सुल्झाउन सकिने बताए  ।

पन्ध्र दिनअघि मात्र गठन भएको उप समितिले छोटो अवधिमै महत्वपूर्ण काम गरेर आफ्नो औचित्य पुष्टि गरेकाले उप समितिको म्याद एकसाताभन्दा नबढ्ने गरी थप गरे बाँकी विवादित विषय सुल्झन सक्ने उनले बताए  ।

यही फागुन १३ गते गठित उप समितिको समयावधि आज सकिँदैछ । शासकीय स्वरूप र राज्य पुनःसंरचना समितिका प्रतिवेदनमाथिका बुँदाहरुमा भने दलहरुबीच सहमति हुन बाँकी नै रहेको छ ।

उप समितिको समयावधि थप्ने वा नथप्ने भन्ने निर्णय संवैधानिक समितिको भोलि बस्ने बैठकले निक्र्यौल गर्नेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %