राजमुपाको अध्यक्षमा पुनः एमएस थापाले जिते

Read Time:3 Minute, 55 Second

१४ मार्च

राष्ट्यि जनमुक्ति पार्टीको अध्यक्ष पदमा एमएस थापा निर्वाचित भएकाछन् । त्यसैगरि सहअध्यक्षमा शंकरलाल चौधरी र श्रवणकुमार लिम्बु निर्वाचित भएकाछन् । उपमहासचिवमा चन्द्र बहादुर श्रीस निर्वाचित भएकाछन् । त्यसैगरि संगठन सचिवमा सिद्धि तुम्फाहाम्फे बिजयी भएकाछन् । उपाध्यक्षमा शिवलाल थापा मगर, के पी पालुड.वा, रविन्द्र सुनार र तीर्थराई निर्वाचित भए । उपाध्यक्ष तर्फ महिला आरक्षण तर्फ मीना पँधाक बिजयी भइन । केन्द्रिय सदस्यहरुको मतगणना अझै जारी छ । यसअघि महासचिवमा केशव सूर्यवंशी, महिला उपमहासचिव कोटामा तारा बलाल र कोषध्यक्षमा हरिशंकर थापा मगर  निर्विरोध चयन भैसकेकाथिए ।

कसले कति मत पाए तल उल्लेख छ ।

अध्यक्षः
एम एस थापाः २१४
गोरे बहादुर खपांगीः १७५
व्यान सिंह राईः ११

सह अध्यक्षः

शंकर लाल चौधरीः ३०५
श्रवरण कुमार लिम्वुः २६६
गणेश कुमार तामांगः ११९

उपमहासचिवः
चन्द्र बहादुर श्रीसः २२९
तुलाराम लामाः ९९

संगठन सचिवः
सिद्धि तुम्फाहाम्फेः २१५
रामु परियारः १६८

उपाध्यक्षः

एम बहादुर थापाः १४१
रामचन्द्र थापाः ११८
रमेश कुमार दनुवारः ५३
रविन्द्र सुनारः १४८
के पी पालुवाः १५५
तीर्थराईः १५९
शिवलाल थापाः १९३
देव कुमार मोक्तानः ७७
राम बहादुर तुम्फाहाम्फेः ११९

आरक्षण महिला उपाध्यक्ष ः
मिना पन्धाकः २०८
मनु थापाः १५४

महिला आरक्षणमा सबैभन्दा बढी लिला पुनले ल्याईन
राष्टिय जनमुक्ति पार्टीको केन्द्रिय समितिमा कुल सीटमा ३३ प्रतिशत आरक्षित गरिएकोमा करिब ४५ प्रतिशत उमेदवारले उमेदवारी दर्ता गराएकाथिए । यो ब्यवस्था राजमुपाको यहि महाधिवेशनबाट पारित गरिएकोथियो । अघिको महाधिवेशनमा महिला उमेदवार नै नपाइने गरेकामा यसपटक केन्द्रिय सदस्यताको लागि हानथाप नै भयो । महिला आरक्षितको बिहान ४ बजे मतगणना सकिएकोथियो ।
 दाड.का मीना पुनले सबैभन्दा बढी २७७ ल्याई प्रथम स्थान हासिल गरिन भने रुपन्देहीकी गंगा खासुले २७४ मत ल्याई दोश्रो स्थान ओगटिन् । तेस्रोमा सभासद तथा सुनसरीकी छ्यामा राईले २७३ ल्याई तेस्रो स्थान ल्याईन । त्यसैगरि क्रमश लक्ष्मी सारु कपिलबस्तुले २६४, माला देवान सुनसरीले २६०, कमला गुरुड. चितवनले २५३,लालीमाया जर्घा महोत्तरीले २४५, टोमा सारु अर्घाखाचीले २४४,होमाया गुरुड। रुपन्देही २४१, मीना गोले तामाड। काठमाण्डौले २३५ ल्याईन ।
 प्रतिष्पर्धाबाट बाहिरिएका ३ जना उमेदवार भूइसल लामा ललितपुरले २१५, धनमाया गौली तनहू, २०२ र पूर्णमाया पुलामी काठमाण्डौले १९९ मत ल्याइन ।
जनमुक्तिको इतिहासमा केन्द्रिय समितिमा यत्रो महिला आएको यो पहिलो पल्ट हो ।

यस्ता छन् जनमुक्तिका निर्वाचित केन्द्रिय सदस्यहरु

गोविन्द घर्ती र सूर्य सारु कावासोतीबाट

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %