१३ मार्च २०११
हाल जापानको विभिन्न क्षेत्रमा गएको महा भूकम्पका कारण भएको ठुलो धनजनको क्षति प्रति नेपाली आदिबासी जनजाती महासंघ जापानले गहिरो दुख व्यक्त गरेको छ । यस दुखत घडीमा नेपाली राजदुताबासको पहलमा एक सहयोग समिति गठन भएको छ । उक्त समितिलाई महासंघका अध्यक्ष केबि मगरले जापानमा संगठित विभिन्न संघ संस्थाहरु लगाएत जापानबासी सबै नेपालीहरुलाई आ(आफ्नो तर्फ बाट सम्बन्धित निकाय सम्म सल्लाह सुझाब र सहयोग प्रदान गरिदिनुहुन हार्दिक अपिल गरेको छ ।
एस.बि. हुन्चिङ