जनमुक्तिको महासचिवमा सूर्यवंशी निर्विरोध

Read Time:2 Minute, 3 Second

कावासोती, ३० फागुन

राष्ट्रिय जनमुक्ति पार्टीको नवलपरासीको कावासोतीमा भएको चौथो राष्ट्रिय महाधिवेशनले महासचिवमा केशव सूर्यवंशीलाई निर्विरोध निर्वाचित गरेको छ ।
महिलाको आरक्षतर्फको उपमहासचिवमा तारा थापा तथा कोषाध्यक्षमा हरिशङ्कर थापा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।  यही फागुन २५ गतेदेखि सुरु भएको महाधिवेशनमा आइतबार निर्वाचन प्रक्रिया सुरु भएको थियो ।

निर्वाचनमा अध्यक्षका लागि एमएस थापा, गोरेबहादुर खपाङ्गी र बयानसिंह राईले उम्मेदवारी दिनुभएको छ । त्यसैगरी एकजना सहअध्यक्षका लागि श्रवणकुमार लिम्बू, गणेशबहादुर तामाङ र शङ्करबाबु तामाङले तथा उपाध्यक्षमा शिवलाल थापा, केपी पालुङा, रवीन्द्र सुनार, रमेशकुमार सिंह दनुवारलगायत नौजनाले उम्मेदवारी दिएकाछन ।
उपमहासचिवमा चन्द्रबहादुर श्रीष र तुलाराम लामाले तथा सङ्गठन विभाग सचिवमा रामु परियार र सिरी तुम्बाहाम्पेले उम्मेदवारी दिएकाछन ।  महाधिवेशनले राष्ट्रिय सङ्घीय सभामा ६५ जना सदस्य निर्वाचित गर्ने भए पनि ५० जना प्रत्यक्ष निर्वाचनबाट र १५ जना पछि मनोनीत गर्ने व्यवस्था विधानमा रहेको पार्टीले जनाएको छ ।
सत्ताइसजना प्रत्यक्षका लागि ६२ जना र १० महिलामा १३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा ५०० जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %