छुटाछुटै दुर्घटनामा आधा दर्जन ब्यतिको ज्यान गयो

Read Time:2 Minute, 43 Second

तनहुँ, ३० फागुन

तनहुँको आँबुखैरेनीमा आज दिउँसो दुईवटा यात्रुबाहक बस एकआपसमा ठोक्ँिकदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ना३ख ३२०३ नम्बरको बसका चालक कास्कीका विक्रम श्रेष्ठ र एकजना नाम खुल्न नसकेकी अन्दाजी २५ वर्षीया महिला रहेकी छन् । मृतक महिलाको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

पोखराबाट काठमाडाँैतर्फ जाँदै गरेको ना३ख ३२०३ र काठमाडाँैबाट पोखरातर्फ आउँदै गरेको ना ३ख८३२५ नम्बरको बस पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनीस्थित नारीघाटमा दुर्घटना भएको थियो । सो दुर्घटनामा परेर एक दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् ।

गम्भीर घाइते पाँचजनालाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । यता कञ्चनपुरको झलारी–९ कलुवापुर नजिक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको भारतीय डिएल १८ पी ७३५८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भीमदत्तनगरपालिका–५ वन गाउँका श्यामसिं सावदको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

प्रहरीका अनुसार गएराति नौ बजे दुर्घटनामा परेका सावदकोे सेती अञ्चल अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।  त्यस्तै  पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मुकुन्दपुर–४ हर्कपुरमा आज बिहान भएको सवारी दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

दुर्घटनामा परी एकजनाको घटनास्थलमै र थप एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा बर्दिया मङ्गलगठी–१ बस्ने ३२ वर्षका लालुमाया  खाम्चामगरको घटनास्थलमै र बर्दिया मङ्गलगठी–८ की जनककुमारी चौधरीको उपचारका क्रममा मृत्यु भएको हो  । दुर्घटना परी अन्य २६ जना यात्रु घाइते भएका छन् ।

नवलपरासी प्रहरीका अनुसार  पश्चिमबाट पूर्वतिर आउँदै गरेको ना ३ ख १९१३ नम्बरको बस सडकमा रोकिराखेको ना ३ ख ९८८ नम्बरको ट्रकमा ठोक्किएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %