समयमै संविधान जारी हुन्छ : सभामुख नेम्वाङ

Read Time:1 Minute, 43 Second

काठमाडौँ, २९ फागुन
सभामुख सुवास नेम्वाङले संविधान लेखनमा देखिएका विवादित विषयमा दलहरुबीच सहमति कायम भइरहेको र अधिकाँश विवादित विषयलाई सहमतिमै टुङ्ग्याउने कार्य भइरहेकोले समयमै संविधान निर्माण हुने बताएकाछन ।

नेपाल–भारत दलित मैत्री सङ्घको प्रथम राष्ट्रिय महाधिवेशन तथा राष्ट्रिय दलित सम्मेलनको आज यहाँ उद्घाटन गर्दैै उहाँले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउँदै नयाँ संविधान लेखनको दिशामा मुलुकका राजनीतिक दलहरु सक्रियाताकासाथ लागेको पनि बताए  ।

सभामुख नेम्वाङ्ले शान्ति र संविधानलाई तार्किक निष्कर्षमा पु¥याउन मुलुकका आम दलित समुदायको पनि उल्लेखनीय योगदान रहेको र नयाँ बन्ने संविधानलाई पनि दलितमैत्री बनाउन स्वयं दलित समुदाय सक्रिय हुनुपर्नेमा जोड दिए  ।

उनले समुन्नत नयाँ नेपालको आधारकारुपमा संविधान लेखन हुनुपर्ने र संविधान कुनैपनि जाति, धर्म, भाषा, सँस्कृतिलगायतका मुद्दामा विवादरहित हुनुपर्ने उल्लेख गर्दै विभेदपूर्ण र सबैको साझा संविधान निर्माणका लागि आम समुदाय सशक्तरुपमा अगाडि बढ्नुपर्छ भने  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %