गृह नपाए सरकारमा बस्नुको अर्थ रहन्न : देव गुरुङ
लमजुङ, २९ फागुन
एकीकृत नेकपा (माओवादी)का स्थायी समिति सदस्य देवप्रसाद गुरुङले गृहमन्त्रालयमा नेकपा (एमाले)ले किचलो गरेमा माओवादी सरकारबाट बाहिरिने वताएकाछन ।
क्रान्तिकारी पत्रकार सङ्घ लमजुङले शनिबार बेसीसहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गुरुङले माओवादी र एमालेबीच भएको सातबुँदे सहमतिमा गृहमन्त्रालय माओवादीलाई नै दिने सहमति भएकाले माओवादीले नै गृहमन्त्रालय पाउनुपर्ने दाबी दोहो¥याए ।
उनले नेकपा (एमाले)ले गृहमन्त्रालयमा किचलो दोहो¥यायो भने माओवादी सरकारमा बस्नुको अर्थ नहुनेसमेत बताए ।