जनमुक्ति बन्दसत्रमा घम्साघम्सी

Read Time:4 Minute, 14 Second

२८ फागुण

यहाँ २५ फागुणदेखि चलिरहेको राष्टिय जनमुक्ति पार्टीको महाधिवेशनमा बैचारिक कहसको तगडा घम्साघम्सी चलिरहेकोछ । २५ गते देशभरका ५६ वटा जिल्लाबाट आएका करिब ४० हजार भन्दा सहभागीको उदघाटनसत्रपछि २६ गतेबाट बन्दसत्र शुरु भएकोछ । बन्दसत्रमा आएका ५६ जिल्लाका ५५० प्रतिनीधि तथा ३०० पर्यवेक्षक र केन्द्रिय पदाधिकारी पार्षदसहित गरि करिब १००० जति प्रतिनीधि पर्यवेक्षकहरुको बैचारिक बहस चर्किएको हो ।२६ गते जिल्लाको प्रतिनीधिले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेकाथिए । जातीय र भातृसंगठनको  पनि प्रतिबेदन सुनाइएकोथियो । २७ गते २६ गतेको प्रतिवेदन टुड।्ग्याइएपछि अध्यक्ष एमएसथापाद्धारा प्रस्तुत राजनीतिक प्रतिबेदनमाथि छलफल गरिएको थियो । अध्यक्षले प्रस्तुत गरेको दश बुदे तत्कालिन कार्यनीति छलफल पश्चात पारित गरिएकोथियो ।

बन्दसत्रमा गरिएको छलफलमा निर्वाचन प्रणाली संघीयता र राज्यको शासकीय स्वरुपबारे ब्यापक छलफल चलेकोथियो । छलफलको क्रममा प्रतिनीधिहरुले शीर्ष नेताहरुको भूमिकामाथि ब्यापक टिकाटिप्पणी गरेर र्याख्र्याख्ती पारेको त्यहाँ सहभागी एक प्रतिनीधिले जनाए । टिप्पणी सुनेर बसेका बरिष्ठ नेता एमएस थापा र खपागीं चित्तबुझ्दो जवाफ पर्काउन नसकेको एक सहभागी बताउछन् ।

बन्दसत्रमा ८० प्रतिशत बढी यूवाहरुको प्रतिनीधित्व छ । सहभागी युवाहरुले शीर्ष नेताहरुको कार्यशैलीमाथि खुल्ला टिप्पणी गरेपछि शीर्ष नेताहरुले त्यसको आत्मआलोचना समेत गरे । जनमुक्तिको २० बर्षे कार्यकालमा यो बिध्न अन्र्तकि्रया चर्काचर्की र नेतृत्वको हानथाप यसअघि कहिल्यै भएको थिएन । िहंजो उमेदवार उठाउन खोज्नुपर्ने जनमुक्तिमा यसपटक उमेदवार उठ्न मारामारी चलिरहेकोछ । महाधिवेशन स्थलमा आ आफ्ना उमेदवारको लविगं गर्न ब्यापक सरगर्मी चलिरहेकोछ ।

यसपटक सहअध्यक्ष गोरेबहादुर खपागींले अध्यक्ष पदमा उमेदवारी दिने आफ्ना कार्यकर्ताहरु मार्फत महाधिवेशन स्थलमा प्रचारबाजी गरिरहेकाछन् भने अध्यक्ष एमएसथापाले पनि उमेदवारी दिइने त्यस्तै प्रचारबाजी गरिरहेकाछन् । तर यूवा सहभागीहरुले दुबै बुढाहरुको िहंजोको कार्यसम्पादनकमथि समिक्षा गर्दे सकभर सहमतिबाट लैजाने प्रयास गरिरहेकाछन् । यी दुबैलाई सहमतिमा राजी गराई लैजान एक किसिमको अभ्यास भैरहेकोछ ।

आज १५ बुदे तेश्रो विधान सम्झौतामाथि छलफल गरिदैछ । त्यसमा पनि ब्यापक छलफल भैरहेकोछ । यो पारित भएपछि आर्थिक र प्रगति प्रतिवेदन पारित गरिनेछ । अनि जनमुक्ति बिचारधारामाथि ब्यापक छलफल हुनेछ । जसमा जनमुक्ति पार्टीले सबैभन्दा पहिला नेपालमा भित्रयाएको समावेशी संघीयता आरक्षण समानुपातिक प्रतिनीधित्व जस्ता गहन बिषयमा बौद्धिक अभ्यास हुनेछ ।

२० बर्षे इतिहास बोकेको राजनैतिक दलको चौथो महाधिवेशनले नेपाली राजनीतिमा एउटा कोसेढुगांको काम गर्ने बिश्लेषण शुरु भएकोछ ।

गोविन्द घर्ती र सूर्य सारु कावासोतीमा

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %