केन्द्रिय काराघारमा थुनामा रहेका नेसनल टेलिभिजनका अध्यक्ष अन्सारीमाथि गोली प्रहार

Read Time:1 Minute, 11 Second

काठमाडौँ, २६ फागुन

नेसनल टेलिभिजनका अध्यक्ष युनिस अन्सारीमाथि केन्द्रीय कारागारमा थुनामा रहेको अवस्थामा गोली प्रहार भएको छ । आज मध्याह्न उहाँलाई भेट्न आएका व्यक्तिले एक राउन्ड गोली प्रहार गरेको प्रहरी निरीक्षक प्रकाशराज शर्माले जानकारी दिए  ।

भारतीय नक्कली नोटको कारोबार गरेको आरोपमा करिब दुई वर्षअघि अन्सारीलाई कारागारमा थुनामा राखी मुद्दा चलाइएको थियो । करिब साढे एघारबजे उनलाई भेट्न आएका एक व्यक्तिले कुरा गर्दागर्दै अचानक गोली प्रहार गरेको थियो ।

अन्सारीलाई अहिले उपचारार्थ नर्भिक इन्टरनेसनल अस्पतालमा लगिएको छ । प्रहरी निरीक्षक शर्माले अन्सारीको पेटमा गोली लागेको जानकारी दिए । उनको अवस्था सामान्य रहेको र उनी कुरा गर्न सक्ने अवस्थामा छन् ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %