वर्तमान सरकारमा काँग्रेस पनि आउँछ : महासचिव ईश्वर पोखरेल

Read Time:1 Minute, 34 Second

काठमाडौँ, २५ फागुन

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले वर्तमान सरकारमा नेपाली काँग्रेस र मधेसवादी दलहरू पनि सहभागी हुने बताएकाछन । नेपाल पत्रकार महासङ्घका उपत्यकास्थित शाखा र प्रतिष्ठानमा प्रेस चौतारी नेपालका तर्फबाट विजयी पदाधिकारीलाई बधाइ दिन आज यहाँ आयोजित कार्यक्रममा महासचिव पोखरेलले वर्तमान सरकार वामपन्थीको मात्रै नभई राष्ट्रिय सहमतिको हुने दाबी गरे  ।

त्यसका लागि एमालेका तर्फबाट लचिलो भएर मन्त्रालयको बाँडफाँड गरिने उनले बताए  । उनले शान्तिप्रक्रियाले पूर्णता पाई नयाँ र लोकतान्त्रिक संविधान जारी नभएसम्म एमाले वाम वा दक्षिणपन्थी खालको कुनै पनि ध्रुवीकरणमा नभई बृहत् लोकतान्त्रिक सहकार्यका पक्षमा उभिने पनि प्रष्ट पारे ।

महासचिव पोखरेलले सातबुँदे सहमतिमा हस्ताक्षर हुँदैमा एमाओवादीका लडाकूको बेग्लै सुरक्षा निकाय पनि नबन्ने उल्लेख गरे । ‘संविधानतः गठित विशेष समितिको निर्णयबाट हुने विषयमा कुनै दुई पार्टीका अध्यक्षले सही गर्दैमा त्यसले औपचारिक अर्थ राख्न सक्दैन ।’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %