नवलपरासी (गैँडाकोट), २५ फागुन
जनमुक्ति पार्टीको चौथो राष्ट्रिय महाधिवेशन बुधबारदेखि नवलपरासीको कावासोतीमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवम् सभासद् मालवीरसिंह थापाले गर्नुभयो । चार दिनसम्म चल्ने महाधिवेशनबाट पार्टी एकल नेतृत्वबाट सामूहिक नेतृत्वमा जानेछ ।
पार्टीलाई समावेशी बनाउन हरेक इकाइ समितिमा ३३ प्रतिशत महिला राख्नेगरी विधान संशोधन गरिने पार्टीका लुम्बिनी अञ्चल संयोजक कर्णबहादुर सुनारीले जानकारी दिए ।
महाधिवेशनमा ५६ जिल्लाका ८०० प्रतिनिधि र पर्यवेक्षक सहभागी छन् ।