हंगकंगका नेताहरु प्रथम शहिद माग गर्न कन्सुलर समक्ष

Read Time:2 Minute, 40 Second

मार्च ७ हंगकंग,
मगर संघ हंगकंगको संयोजकत्वमा र हंगकंग नेपाली महासंघको आयोजनामा बृहत कार्यक्रम गरी प्रथम शहिद क्या. लखन थापा मगरको १३४ औं लखन स्मृति दिवस मनाएका हंगकंगका नेपालीहरुले सोही सस्थाको नेतृत्वमा आज दिउ“सो १२ बजे हंगकंगको चिम सा चूई स्थित नेपाली महाबाणिज्यदूताबासको कार्यालय पुगी महावाणिज्यदूत विनोद उपाध्यायलाई प्रथम शहिद क्या. लखन थापा मगरको फोटो सहित क्या. लखन थापा मगरलाई प्रथम शहिद घोषणा गर्नुपर्ने माग गरीएको ज्ञापन पत्र बझाएको छ ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत पत्रकारहरुको राम्रो उपस्थिति थियो । नेपाली महासंघ हंगकंगका निवर्तमान अध्यक्ष हेम लिम्बुले छोटो अनौपचारिक कार्यक्रम सञ्चालन गरेकाथिए । महासंघका अध्यक्ष प्रदिप थापा मगर लगायत मगर संघ हंगकंगका संस्थापकदेखि बर्तमानसम्मको सवै अध्यक्षहरु क्रमश भोलानाथ थापा मगर, हुम बहादुर थापा मगर, एक बहादुर राना मगर, नेत्र पहराई मगर र एम. वि. दर्लामी मगर पुगेकाथिए । साथै संस्थापक महासचिब मनोज सूर्यबंशी मगर र पूर्व महासचिव भिम बहादुर थापा मगरको पनि उपस्थिति थियो ।
माग बोकेर महासंघका सचिव नन्द चाङसु, जनसम्र्पक समितिका कानुन ब्यवसायी दासुराम पराजुली, तमा¨ धेदुङबाट कुलमान मोक्तानका साथै अन्य महानुभावहरुको पनि उपस्थिति  थियो । ज्ञापन पत्र बु¤ने क्रममा महावाणिज्यदूत विनोद उपाध्यायले यो पत्र जति सक्दो छिटो उचित तरीकाले नेपाल सरकार समक्ष पठाई प्रक्रिया अगाडि बढाउन सहयोग गर्ने बचनबद्धता ब्यक्त गरे । हस्तान्तरण गरीएको प्रथम शहिदको फोटो आजैदेखि महाबाणिज्यदूतावासको भित्तामा सजाइएको छ ।   
स्मरण रहोस, क्या. लखन थापा मगरलाई २०५६ सालमा सरकारले शहिद घोषणा गरेको छ ।

फोटो समाचार यहाँ छ

भीम बराही मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %