वेपता छानविन र सत्य निरुपण आयोग सरकारले तत्काल गठन गर्दछ : शान्ति मन्त्री पुन

Read Time:2 Minute, 9 Second

काठमाडौ, २४ फागुन

शान्ति तथा पुनःनिर्माण मन्त्री वर्षमान पुनले शान्ति प्रक्रियालाई टुङ्ग्याउने, संविधान निर्माण गर्न उपयुक्त वातारण तयार गर्ने र जनतालाई प्रत्यक्ष राहत दिई सुशासन कायम गर्ने वर्तमान सरकारका प्राथमिकता भएको बताएकाछन ।

उनले भने – “यी तीन काम वर्तमान सरकारले पुरा गर्नेछ, यसका लागि सहयोग पु¥याउन म सबैसंग आह्वान गर्छु । ”आज आयोजित साक्षात्कारमा मन्त्री पुनले वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन आवश्यक भएको र यसका लागि सातबुँदे सहमतिलाई सच्याउन तयार रहेको जानकारी दिए  । एकीकृत नेकपा (माओवादी) र नेकपा एमालेबीच भएको सातबुँदे सहमतिलाई खारेज गर्नुभन्दा  यसमा  कमिकमजोरी भए सच्याउन आफूहरु तयार रहेको चर्चा गर्दै उहाँले दुई पार्टीबीच नयाँ सरकार गठन गर्न नै सातबुँदे सहमति भएको बताए  ।  

मन्त्री पुनले बेपत्तासम्बन्धी छानविन आयोग गठन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी  विधेयक अगाडि बढाउने कामलाई प्राथमिकता  दिने उल्लेख गरे ।  शान्ति प्रक्रियाको महत्वपूर्ण अङ्गका रुपमा रहेको सेना समायोजन तथा पुनःस्थापनालाई राजनीतिक सहमतिको आधारमा अगाडि बढाइने र सेना समायोजन कुन मोडेलमा गर्ने भन्ने बारेमा दलहरु बीच कुराकानी भैराखेको उनले बताए  ।

उनले  सञ्चारकर्मीहरुको एक प्रश्नको जवाफमा संविधान निर्माणका लागि दलहरुबीच देखिएका असहमतिका बुँदालाई सहमतिका आधारमा टुङ्ग्याइने जानकारी दिए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %