व्यवस्थापिका संसदद्धारा शोक प्रस्ताव पारित

Read Time:1 Minute, 35 Second

काठमाडौँ, २३ फागुन

व्यवस्थपिका संसदको आजको बैठकले नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्वसभापति कृष्णप्रसाद भट्टराईको निधनमा शोक प्रस्ताव पारित गर्दै एक मिनेट मौनधारण गरेको छ ।

शोक प्रस्तावमा ‘नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्वसभापति, २००७ सालको जनक्रान्तिका अग्रणी नेता, २०१५ सालको प्रथम जननिर्वाचित प्रतिनिधिसभाको पहिलो सभामुख, सादा जीवन र उच्च विचारका धनी, राष्ट्रियता, समाजवाद र प्रजातन्त्रप्रति आजीवन समर्पित नेता, नैतिकबलका धनी एवम् पूर्वप्रधानमन्त्री’ भनी सम्बोधन गरिएको छ । यही फागुन २० गते शुक्रबार राति ११ः२६ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा ८७ वर्षको उमेरमा सन्तनेता भट्टराईको निधन भएको थियो ।

सिङ्गो मुलुक स्तब्ध भएको दुःखको घडीमा आदरणीय नेता भट्टराईको निधनप्रति गहिरो शोक प्रकट गर्दछ भन्दै सो बैठकले उहाँको दिवङ्गत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको थियो  । व्यवस्थापिका संसदको अर्को बैठक यही फागुन २५ गते बुधबार दिनको १ बजे बस्नेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %