काठमाडौँ, २३ फागुन
प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ र ४० बमोजिम नियुक्त भई कार्यभार तोकिन बाँकी रहेका दुई मन्त्रीको आज कार्यविभाजन गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज प्रकाशित विज्ञप्तिमा जनाइएअनुसार विष्णुप्रसाद पौडेललाई रक्षा मन्त्रालय र गङ्गालाल तुलाधरलाई शिक्षा मन्त्रालयको कार्यभार तोकिएको छ ।–