गृहमन्त्रालय माओवादीले नै लिन्छ : देव गुरुङ

Read Time:1 Minute, 4 Second

गोरखा, २३ फागुन

एकीकृत नेकपा (माओवादी) स्थायी समिति सदस्य देव गुरुङले गृहमन्त्रालय माओवादीलाई दिने भन्ने सहमति भएको बताएकाछन । गोरखा, तनहुँ र लमजुङका जिल्लास्तरका कार्यकर्तालाई प्रशिक्षण दिन गोरखा आइपुग्नुभएका नेता गुरुङले फागुन महिनाभित्र मन्त्रिमण्डललाई पूर्णता दिनेगरी तयारी भइरहेको समेत जानकारी दिए  ।

सातबुँदे सहमति शान्ति र संविधानका लागि भएको भन्दै उहाँले त्यसको धरातलमा रहेर माओवादीले काम गर्ने बताए । क्रान्तिकारी पत्रकार सङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले दलहरू संविधान निर्माणका लागि एक ठाउँमा रहेकाले छलफलबाट सहमतिमा पुग्ने र संविधान बन्न सक्ने आधार अझै तयार रहेको बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %