भाजपाद्वारा भट्टराईको निधनप्रति दुःख प्रकट

Read Time:1 Minute, 20 Second

काठमाडौं २२ फागुन

भूतपूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको असामयिक निधन भएकामा भारतीय जनता पार्टीले गहिरो दुःख व्यक्त गरेको छ ।  उक्त पार्टीका प्रवक्ता तथा विधायक तरुण विजयले आज एक शोक सन्देश जारी गरी पार्टी नेताहरू अटलबिहारी बाजपेयी र लालकृष्ण आडवाणीका तर्फबाट पनि दिवङ्गत नेता भट्टराईप्रति श्रद्धाञ्जलि अर्पण गरेको जनाइएको छ ।

विधायक विजयले जारी गरेको शोक सन्देशमा नेपाली काँग्रेसका संस्थापक नेता भट्टराईलाई अहिंसावादी नेता भन्दै उहाँँको सवल नेतृत्वमा नेपालको प्रजातान्त्रिक आन्दोलनले नयाँ उचाइ प्राप्त गरेको उल्लेख छ ।

जनताको शक्तिमा विश्वास गर्ने नेता भट्टराईबाट भारत र नेपालका सम्पूर्ण युवावर्ग अभिप्रेरित भएको उल्लेख गर्दै सन्देशमा उहाँले भारत र नेपालबीचको शताब्दीऔँ पुरानो सम्बन्धलाई नयाँ अध्याय दिएको जनाइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %