हङकङ ४ मार्च हङकङ
सरकारको बजेट भाषण भएको एक हप्ता नबित्दै बजेट भाषणमा ब्यापक विरोध आएपछी सरकार समर्थक सभासदहरुको छलफल पछी अर्थ सचिव जोन चाङ च्युनले १८ बर्ष नाघेका हङ्कङ देखि बाहिर बसेका समेत गरि स्थायी (पर्मानेन्ट) हङ्कङ्वाशी नागरीकहरुलाइ ६ हजार डलर प्रदान गर्ने घोषणा गरे पनि कसरी वितरण गर्ने बारे सरकार अझै पनि अन्योलमा छ । त्यो रकम कसरी वितरण गर्ने भन्ने बारेमा विभिन्न कुरा बाहिर आइरहेकाछन् । सरकार समक्ष केही ब्यक्तिहरुको भनाइ अनुसार गृहमन्त्रालय मार्फत, जिल्ला प्रशासन कार्यालय मार्फत्, हुलाक कार्यालय मार्फत् भन्दा सरकारले पहिले कसरी दिने भन्नेबारे निर्णय गर्नुपर्नेथियो भनेका छन् ।
कसैले मेडिकल इन्सुरेन्स किनाउने कसैले नागरिकलाई नदिएर च्यारिटेबल सँस्थाहरुलाई दिने भनेका छन् । यदि लेजिस्लेतिव काउन्सिलले अप्रिल २०११ भन्दा अगावै यो बिल पास गर्न सकेन भने समस्या पैदा हुने खतरा पनि देखिएको छ ।
१८ बर्ष नाघेका करिब साठी लाख जति जनतामा जाने उक्त सुविधा रकम ३६ अरब र तलव कर छुट ४ अरव गरी ४० अरव डलर हुने अनुमान छ । हङ्कङ्मा थाइ रुपमा बसोबास भैसकेका नेपालीहरु मध्ये झन्डै 20 हजार भन्दा बढीले झन्डै १ करोर 20 लाख हङ्कङ डलरको यो सुबिधा रकम प्राप्त गर्ने भएका छन् । गत वर्ष पनि दश हजार डलर भन्दा कम मासिक आयश्रोत भएका सम्पुर्ण हङ्कङ्बासीहरुलाई ६ हजार डलर वरावरको रकम (एम पी एफ) सँचयकोषमा जम्मा गरीदिएको थियो ।
एम बि थापा